Fast Nepal News

संघर्षशील शक्तिहरूलाई एकताबद्ध बनाउन श्रेष्ठ–यादव बीच छलफल

banner single news

नेकपा (माओवादी केन्द्र)का वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ र जनता समाजवादी दल नेपालका अध्यक्ष उपेन्द्र यादवबीच सोमबार बिहान हात्तीवनस्थित श्रेष्ठ निवासमा भेटवार्ता भएको छ ।
पूर्व उपप्रधानमन्त्रीद्वयको उक्त भेटमा वर्तमान राजनीतिक परिस्थितिको समीक्षा गर्दै संघीय लोकतान्त्रिक गणतन्त्र र समाजवाद उन्मुख समावेशी लोकतन्त्रको संरक्षण तथा सुदृढीकरणमा संघर्षरत शक्तिहरूको भूमिकाबारे विस्तृत छलफल गरिएको भएको छ ।
भेटमा यथास्थितिको अन्त्य, लोकतान्त्रिक उपलब्धिहरूको रक्षा तथा समृद्ध नेपाल निर्माण गर्दै समाजवादको दिशातर्फ अघि बढ्न आवश्यक कदमबारे विचार विमर्श भएको बताइएको छ ।
साथै, संघर्षशील शक्तिहरूले अहिलेको परिस्थितिलाई सम्बोधन गर्दै सकारात्मक निकासका लागि नयाँ पहल र कदम चाल्नुपर्ने आवश्यकता औँल्याइएको छ ।
आ–आफ्ना कमजोरीका सम्बन्धमा आत्मालोचना गर्दै एकताबद्ध भूमिकामा कसरी अघि बढ्ने भन्ने विषयमा पनि भेटवार्तामा ध्यान केन्द्रित गरिएको बताइएको छ।
यसअघि श्रेष्ठले नेकपा महासचिव नेत्र विक्रम चन्द ‘विप्लव’, नेकपा (एकीकृत समाजवादी)का महासचिव घनश्याम भुषाल र वरिष्ठ नेता झलनाथ खनालसँग पनि छुट्टाछुट्टै भेटवार्ता गरेका थिए।

Inside Article Ads
Visited 21 times, 1 visit(s) today
Above Samachar
यो पनि पढ्नुस

प्रतिक्रिया

Your email address will not be published.