Fast Nepal News

साँगे दर्पण’ पुस्तक समीक्षा तथा छलफल कार्यक्रम सम्पन्न

banner single news

काठमाडौं। साँगे सभ्यता संरक्षण तथा विकास अभियानले ‘साँगे दर्पण’ पुस्तक समीक्षा तथा छलफल कार्यक्रम साउन २५ गते आइतवार राजधानीको बसुन्धरास्थित साउथ वेष्ट्रन कलेजमा सम्पन्न गरेको छ।

कार्यक्रममा प्रमुख अतिथिका रूपमा उपस्थित नेपाल सरकारका पूर्व सचिव पुरुषोत्तम ओझाले साँगे दर्पण पुस्तक साँगेको समग्र इतिहास प्रस्तुत गर्ने महत्वपूर्ण कृति भएको उल्लेख गर्दै यसलाई गहन र मूल्यवान ऐतिहासिक दस्तावेजका रूपमा लिनुपर्ने धारणा व्यक्त गर्नुभयो। साथै, उहाँले यस्ता कार्यक्रमहरूलाई निरन्तरता दिँदै अभियानलाई अझ सशक्त रूपमा अघि बढाउनुपर्नेमा जोड दिनुभयो।

पुस्तक समीक्षा गर्दै कृषि विज्ञ दिपेन्द्र केशरी न्यौपाने, साविक श्याम्घा गाविसका अध्यक्ष किरण भण्डारी, पूर्व उपसचिव दामोदर भण्डारी, साँगे काठमाडौं सम्पर्क समाजकी उपाध्यक्ष रञ्जना पोखरेल वाग्लेलगायत वक्ताहरूले साँगे दर्पण पुस्तक साँगे सभ्यताको ऐतिहासिक प्रमाण भएको उल्लेख गर्दै सम्पूर्ण सरोकारवालाहरूले यस अभियानलाई साथ र सहयोग पुर्याउनुपर्नेमा जोड दिनुभयो।

अभियानका संयोजक सुरेन्द्र वाग्लेले पुस्तक समीक्षा तथा छलफल कार्यक्रम साँगे क्षेत्रको सामाजिक, सांस्कृतिक तथा ऐतिहासिक मूल्य–मान्यताको संरक्षण र प्रवर्द्धन गर्ने अभियानअन्तर्गत आयोजना गरिएको बताउँदै आगामी दिनमा अझ प्रभावकारी कार्यक्रमहरू ल्याउने प्रतिबद्धता व्यक्त गर्नुभयो।

Inside Article Ads

त्यसैगरी, अभियानका महासचिव सरोज ओझाले साँगे दर्पण पुस्तक समीक्षा साथै साँगे क्षेत्रको सभ्यता, संस्कृति र समग्र विकासका लागि भावी कार्यदिशा तथा रणनीति तय गर्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको जानकारी दिनुभयो।

कार्यक्रममा पुस्तक प्रकाशन समितिका आर्थिक संयोजक हरिराज वाग्लेले आर्थिक विवरण प्रस्तुत गर्नुभयो। वरिष्ठ सदस्यद्वय पूर्व एसएसपी हरिराज वाग्ले र बालवती शर्मा (बाला)ले आगामी दिनमा थप विचार–विमर्श गरी अभियानलाई अझ प्रभावकारी बनाउन सबैलाई एकजुट भई योगदान दिन आह्वान गर्नुभयो।

यस अवसरमा साधारण तथा आजीवन सदस्यहरूलाई प्रमाणपत्र र पुस्तक वितरण गरिएको थियो। कार्यक्रममा बुद्धिजीवी तथा सरोकारवालाहरूको उल्लेखनीय सहभागिता रहेको थियो।

Visited 20 times, 1 visit(s) today
Above Samachar
यो पनि पढ्नुस

प्रतिक्रिया

Your email address will not be published.