Fast Nepal News

राइट एण्ड एसोसिएट्सले मनायो सिल्भर जुबिली उत्सव

banner single news

राइट एण्ड एसोसिएट्सले आफ्नो २५औँ वार्षिकोत्सव (सिल्भर जुबिली) २०८२ साल बैशाख १७ र १८ गते भव्य रूपमा मनाएको छ। कार्यक्रममा संस्थाका अध्यक्ष परशुराम अधिकारीको अध्यक्षता भएको थियो भने प्रमुख अतिथि माननीय सांसद शंकर भण्डारी रहनु भएको थियो। विशेष अतिथिका रूपमा भानु नगरपालिका नगरप्रमुख आनन्द त्रिपाठी, शिक्षाशास्त्र संकायका पूर्व डिन प्रा. डा. कृष्ण गौतमको सहभागिता रहेको थियो। स्वागत मन्तव्य क्षेत्रीय निर्देशक देवेन्द्र राज रेग्मीले प्रस्तुत गर्नुभयो। कार्यक्रम नगरकोटको बोजिनी रिसोर्टमा सम्पन्न भएको हो, जसमा नेपालभरका १० शाखाबाट प्रतिनिधिहरू, विभिन्न विश्वविद्यालयका प्रतिनिधिहरू, भारतकी बिजनेस डेभलपमेन्ट डायरेक्टर लवण्य नायर, तथा नेपाली फिल्म उद्योगका चर्चित कलाकारहरू अभिनेत्री एवं निर्माता केकी अधिकारी, अभिनेता निश्चल खड्का, र गायीका समिक्षा अधिकारीको सहभागिता रहेको थियो। प्रमुख अतिथि शंकर भण्डारीले आफ्नो सम्बोधनमा युवाहरूलाई नेपालमै राख्न र आगामी जनसांख्यिक संरचनामा आउन सक्ने चुनौतीहरूलाई पार गर्न नीति निर्माणकर्ताहरूले अग्रसर हुनुपर्ने सुझाव दिनुभयो। उहाँले विदेशमा अध्ययन तथा अनुभव हासिल गरेका युवाहरूलाई नेपाल फर्काइ, स्रोतसाधन र सीपलाई देशकै विकासमा प्रयोग गर्न प्रेरित गर्ने नीतिहरू सरकारले बनाउनुपर्नेमा जोड दिनुभयो। अध्यक्ष परशुराम अधिकारीले राइट एण्ड एसोसिएट्स केवल युवाहरुलाई उच्च शिक्षा अध्ययनका लागि विदेश पठाउने मात्र नभई, अब नेपाल र विदेशका उद्यमीहरूलाई जोड्ने, पूँजी र आवश्यक स्रोतसाधन साझा गर्ने परियोजना सुरु गर्न योजना बनाइरहेको जानकारी दिनुभयो। रिमा विश्वकर्माद्वारा सञ्चालित कार्यक्रममा, राइट एण्ड एसोसिएट्स तनहुँका प्रबन्ध निर्देशकले यो कार्यक्रम शाखा र कर्पोरेटबीच अनुभव साटासाट गर्ने, सम्बन्ध सुदृढ बनाउने र एकताको भावना प्रवर्द्धन गर्ने अवसर भएको बताउनुभयो। उत्कृष्ट सेवा प्रवाहमा असाधारण योगदान पुर्‍याएका शाखा र कर्मचारीहरूलाई पुरस्कारसमेत प्रदान गरिएको थियो। कार्यक्रमको व्यवस्थापन राइट एण्ड एसोसिएट्स काठमाडौं शाखाका प्रबन्ध निर्देशक सन्तोष जमकटेल र उनको टिमले गरेका थिए। समूह तस्बिर, जानकारीमूलक प्रस्तुतिहरू र लाइभ संगीतले कार्यक्रमलाई अझै उत्साहपूर्ण बनायो।

Inside Article Ads
Visited 74 times, 1 visit(s) today
Above Samachar
यो पनि पढ्नुस

प्रतिक्रिया

Your email address will not be published.