Fast Nepal News

साम्बास​हित​का राष्ट्रिय खेलाडीहरूलाई सम्मान गर्दै ‘TIVSIAN MEET’ सम्पन्न

banner single news

 

Insight Vision Secondary School & College, धुम्बराहीमा आज ‘TIVSIAN MEET’ भव्य तथा प्रेरणादायी कार्यक्रम सम्पन्न भएको छ। “National Glory, Our Students’ Story” भन्ने मूल नारासहित आयोजित कार्यक्रममा विद्यालयमा अध्ययन गरेका तथा हाल नेपाली राष्ट्रिय टिममा आबद्ध रहेका खेलाडीहरूलाई विशेष सम्मान गरिएको हो।

कार्यक्रममा प्रमुख आकर्षणका रूपमा नेपाली राष्ट्रिय महिला फुटबल टिम की सदस्य तथा विद्यालयकी गौरवशाली पूर्व विद्यार्थीहरूलाई ‘Honouring Heroes’ शीर्षकमा सम्मान गरियो।
सम्मानित खेलाडीहरूमा राष्ट्रिय टिमको कप्तान सबित्रा भण्डारी, अनिता बस्नेत, सबिता राना, पुजा राना, हिरा कुमारी भुजेल, र रेखा पौडेल रहेका थिए।
यी सबै खेलाडीहरूले Insight Vision S.S./College बाट प्लस टु (कक्षा १२) पास गरेका हुन् र अहिले स्नातक (Bachelor) तेस्रो वर्षमा अध्ययनरत छन्।

कार्यक्रममा नेपाली राष्ट्रिय महिला टिमकी पूर्व कप्तान अनु लामा विशेष अतिथि रूपमा सहभागी भइन्।त्यस्तै, काठमाडौं महानगरपालिका–४ का वडाध्यक्ष दिनेश महर्जन र अखिल नेपाल फुटबल संघ (ANFA) का उपमहासचिव बद्री भट्टराईको उपस्थिति कार्यक्रमको थप विशेष पक्ष बनेको थियो।
लोकप्रिय लोकगायक बाद्री पंगेनीको पनि विशेष उपस्थितिले माहोललाई उत्साहपूर्ण बनाएको थियो।

Inside Article Ads

विद्यालयले सबै खेलाडीहरूलाई सम्मानपत्रसहित नगद सम्मान गरेको थियो।सबित्रा भण्डारीलाई २० हजार रुपैयाँ, र अन्य पाँच खेलाडीलाई जनही १०/१० हजार रुपैयाँ नगद प्रदान गरिएको हो ।

कार्यक्रममा विद्यालयका संस्थापक, शिक्षकगण, अभिभावक, हाल अध्ययनरत तथा पूर्व विद्यार्थीहरूको उल्लेखनीय उपस्थिति रहेको थियो। विद्यालयले आफ्ना विद्यार्थीहरू राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा पुर्‍याउन पाएकोमा गहिरो गर्व व्यक्त गर्दै, यस्ता अनुकरणीय सफलताले नयाँ पुस्तालाई अझ प्रेरणा दिने विश्वास व्यक्त गर्‍यो।

कार्यक्रममा सांस्कृतिक प्रस्तुति, खेलाडीहरूको अनुभव आदान–प्रदान, फोटो सेसन, तथा विशिष्ट अतिथिहरूको प्रेरणादायी सम्बोधन लगायत विविध आकर्षक कार्यक्रमहरू समावेश गरिएका थिए।
विद्यालयले यस्ता प्रेरणादायी गतिविधिहरू भविष्यमा पनि निरन्तर आयोजना गर्ने प्रतिबद्धता जनाएको छ।

Visited 17 times, 1 visit(s) today
Above Samachar
यो पनि पढ्नुस

प्रतिक्रिया

Your email address will not be published.