Fast Nepal News

बकैयामा विद्यालय प्रशासनलाई थाहा नदिई भवन निर्माण

banner single news

मकवानपुर । मकवानपुरको बकैया गाउँपालिका–७ स्थित जनक माध्यमिक विद्यालय परिसरमा विद्यालय प्रशासनलाई थाहा नदिई भवन निर्माण सुरु गरेको पाइएको छ ।
विद्यालय परिसरमा स्व. नेत्र राईको नाममा भवन निर्माण कार्य सुरु गरिएको तर विद्यालय प्रशासनलाई खबर नभएको भन्दै आपत्ति जनाएको छ ।
विद्यालय विद्यालय व्यवस्थापन समितिका अध्यक्ष सुन्दर सिं थिङले विद्यालय परिसरमै भवन निर्माण हुँंदा विद्यालय प्रशासनलाई कुनै जानकारी नआएको बताए ।
उनले भने, ‘विद्यालय व्यवस्थापन समिति र विद्यालय प्रशासनलाई जानकारी नदिई कसरी भवन निर्माण गर्न मिल्छ?, विद्यालय जस्तो सार्वजनिक शैक्षिक संस्थाको क्षेत्रभित्र कुनै पनि संरचना निर्माण गर्दा सम्बन्धित निकायसँग पूर्व स्वीकृति, छलफल तथा पारदर्शिता अनिवार्य छ। तर यहाँ निर्माण समिति वा सम्बन्धित पक्षले सो प्रक्रिया पालना नगरेको देखिएको छ ।’

Inside Article Ads
Visited 18 times, 1 visit(s) today
Above Samachar
यो पनि पढ्नुस

प्रतिक्रिया

Your email address will not be published.