Fast Nepal News

दुबईमा हुने‘कुमा सागर लाइभ’प्रस्तुतीको तयारी तीव्र

banner single news

काठमाडौँ । संयुक्त अरब इमिरेट्स (यूएई)को दुबईमा तय भएको गायक कुमा सागरको लाइभ प्रस्तुतिका लागि तयारी तीव्र बनाइएको छ । आयोजकका अनुसार कार्यक्रमका लागि अहिले टिकट विक्रीको काम धमाधम चलिरहेको छ ।
गैरआवासीय नेपाली संघ (एनआरएनए) यूएईका उपाध्यक्ष तथा कार्यक्रम संयोजक भीम मल्ल ठकुरीले कुमा सागरको प्रस्तुति हेर्न उत्साहजनक रूपमा टिकट बुकिङ भएको जानकारी गराउँदै भीआईपी टिकट लिनेहरूलाई थप सुविधा प्रदान गरिएको बताए । ‘अहिले कार्यक्रमको तयारी तीव्र बनाइएको छ । यहाँ परिवार भएकाले भीआईपी टिकट लिएर छुट्टै मनोरञ्जन गर्न पाउनुहुन्छ’, उनले भने ।
आगामी जुलाई २० तारिख (साउन ४ गते)का दिन दुबईमा पहिलो पटक गायक कुमा सागर र लोकप्रिय ख्वप ब्यान्डको बृहत् सांगीतिक कार्यक्रम आयोजना हुन लागेको हो ।
नेपाली समुदायको सांगीतिक स्वादलाई मध्यनजर गर्दै तेस्रो संस्करणको गोर्खा साँझ अन्तर्गत यो कार्यक्रमको आयोजना गर्न लागिएको ठकुरीको भनाइ छ ।  कार्यक्रमले प्रवासमा रहेका नेपालीहरूलाई लाइभ नेपाली संगीतको प्यास मेटाउने अपेक्षा गरिएको छ।

दुबईस्थित अल नासर क्लबमा आयोजना हुने कार्यक्रम दिउँसो १ बजेदेखि बेलुकी ८ बजेसम्म चल्ने छ भने कार्यक्रममा नेपाली सांगीतिक रंग, मेलोडी र देशप्रेमको सम्मिश्रण रहने ठकुरीको भनाइ छ।

कार्यक्रमको प्रवेश शुल्क ५० दिराम तोकिएको छ भने दर्शकहरूले लाइभ सांगीतिक अनुभव लिन पाउनेछन्।

Inside Article Ads

गायक कुमार सागर आफ्ना ‘देशप्रेमी’ तथा ‘प्यासनल’ गीतहरूका लागि परिचित छन् भने ख्वप ब्यान्डले पछिल्लो दशकमा नेपालको मौलिकता झल्काउने संगीतमार्फत छुट्टै पहिचान बनाइसकेको छ। दुबईमा उनीहरू दुवै पहिलो पटक एकै मञ्चमा देखिन लागेकोले कार्यक्रम थप रोमाञ्चक हुने विश्वास गरिएको छ।

गोरखा साँझले यसअघि पनि युएईमा विभिन्न सांस्कृतिक कार्यक्रमहरू आयोजना गर्दै आइरहेको छ। आयोजक ठकुरीले भने, ‘यो केवल कन्सर्ट होइन, हाम्रो पहिचान, भावना र एकता प्रदर्शन गर्ने अवसर हो ।’
कार्यक्रमको टाइटल स्पोन्सर माउन्ट एभरेस्ट सुपरमार्केट रहेको छ भने अन्य सहयोगी संस्थाहरूले पनि कार्यक्रमलाई भव्य बनाउन साथ दिने क्रम जारी रहेको ठकुरीले बताए । कार्यक्रममा साथ दिनेहरु अत्यधिक रहेकाले यो पटकको कार्यक्रम थप भव्य हुने ठकुरीको भनाइ छ।

Visited 54 times, 1 visit(s) today
Above Samachar
यो पनि पढ्नुस

प्रतिक्रिया

Your email address will not be published.