Fast Nepal News

दुई बालबालिकाको सेफ्टि ट्यांकीमा खसेर मृत्यु

banner single news

रौतहट । रौतहटको चन्द्रपुर नगरपालिका १० निबुवा टोलमा सेफ्टि ट्यांकीमा खसेर दुई बालबालिकाको मृत्यु भएको छ ।

दुबै बालबालिका खेल्ने क्रममा मंगलबार साँझ पौने ८ बजे स्थानीय हृदय पासवानको शौचालयको सेफ्टि ट्यांकीमा खसेका हुन । ईलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरका प्रमुख प्रहरी नायब उपरीक्षक राजकुमार राईका अनुसार गरिमा साहका छोरा एक वर्षीय रञ्जे साह र जगदीश साहकी एक वर्षीया छोरी खुश्बु साह सेफ्टिक ट्यांकीमा खसेका हुन ।

घटनाको जानकारी पाउनसाथ तत्काल उनीहरुलाई त्यहाँबाट निकालेर उपचारका लागि सरकारी अस्पतालमा लगिएको थियो तर चिकित्सकहरुले ८ः१५ बजे मृत घोषणा गरेको उनले जानकारी दिए ।

Inside Article Ads

घटनाबारे थप अनुसन्धान गरिरहेको ईलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरले जनाएको छ ।

Visited 15 times, 1 visit(s) today
Above Samachar
यो पनि पढ्नुस

प्रतिक्रिया

Your email address will not be published.