Fast Nepal News

मौलापुरमा शून्य करदेखि फ्री बिजुलीसम्मको योजना, बजेट अधिवेशनमा जनमुखी कार्यक्रम घोषणा

banner single news

 

रौतहट । मौलापुर नगरपालिकाले नयाँ आर्थिक वर्षका लागि प्रस्तुत गरेको बजेटमा जनतालाई सिधै फाइदा पुग्ने कार्यक्रमहरू सार्वजनिक गरेको छ ।

मंगलबार नगरपालिकाको बजेट अधिवेशन बसेको थियो, जसमा कर छुट, निःशुल्क सेवा, शिक्षा, स्वास्थ्य र कृषि क्षेत्रलाई प्राथमिकता दिइएको छ ।

नगरप्रमुखको नेतृत्वमा आएको बजेटले अब मौलापुरमा कुनै पनि कर लाग्ने छैन। विद्युत् र खानेपानी पनि नगरवासीले निःशुल्क पाउने व्यवस्था मिलाइनेछ। नगरमा सुरक्षाका लागि प्रहरीको सट्टामा ‘नगरमास्टर’ राखिनेछ भने स्वास्थ्य सेवा सहज बनाउन ‘नगरडाक्टर’ आउने छन्।

‘छोरीसँग मेयर कार्यक्रम’मार्फत छोरीको बिहेमा आर्थिक सहयोग दिने व्यवस्था गरिनेछ। नगरले सबै कच्ची सडकलाई कालोपत्रे वा ढलान गरेर कच्ची सडकमुक्त बनाउने घोषणा गरेको छ।

Inside Article Ads

दलित समुदायका लागि ‘नमूना एकीकृत बस्ती’ बनाइने भएको छ। यसले उनीहरूको आवास समस्या समाधान गर्ने विश्वास नगरले लिएको छ।

शिक्षा क्षेत्रमा निःशुल्क र गुणस्तरीय पढाइको व्यवस्था हुनेछ। साथै, स्थानीयलाई सहज उपचार सेवा दिन ‘मोडेल अस्पताल’ बनाइनेछ। कृषकहरूलाई सहयोग गर्न कृषि विकास कार्यक्रम र पशु अस्पताल खोलिने नगरपालिकाले जनाएको छ।

अधिवेशनमा जनप्रतिनिधि, कर्मचारी र स्थानीयको उपस्थिति थियो। सबैले योजना व्यवहारिक र जनमुखी भएको प्रतिक्रिया दिएका छन्। नगरले आवश्यक बजेटको व्यवस्था गरिसकेको र छिट्टै कार्यान्वयन सुरु हुने जनाएको छ।

 

 

Visited 13 times, 1 visit(s) today
Above Samachar
यो पनि पढ्नुस

प्रतिक्रिया

Your email address will not be published.