Fast Nepal News

एशियन लाइफ इन्स्योरेन्सले असार २५ देखि हकप्रद शेयर निष्कासन गर्ने

banner single news

काठमाडौं। एशियन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले यहि असार २५ गतेदेखि हकप्रद शेयर निष्कासन गर्न लागेको छ।

कम्पनीले हाल कायम चुक्तापूँजीको आधारमा ४२ प्रतिशत हकप्रद शेयर निष्कासन गर्न लागेको हो । हकप्रद शेयर निष्कासन प्रयोजनका लागि कम्पनीले यसअघि जेठ १६ गते एक दिन बुकक्लोज गरेको थियो । यद्यपि, जेठ १५ मा सावर्जनिक विदा परेकाले जेठ १४ सम्म कायम शेयरधनीहरुले मात्र हकप्रद शेयर खरीदका लागि आवेदन दिन सक्नेछन् ।

प्रतिशेयर १०० रुपैयाँ अंकित मूल्यका १ अर्ब ४२ करोड़ ७९ लाख ३१ हजार २४८ रुपैयाँ बराबरको १ करोड ४२ लाख ७९ हजार ३१२ दशमलव ४८ कित्ता हकप्रद शेयर निष्कासन गर्न लागेको हो । योग्य शेयरधीहरुले साउन १३ गतेसम्म हकप्रद शेयर खरीदका लागि आवेदन दिन

Inside Article Ads

हकप्रद शेयर निष्कासन तथा बिक्री प्रबन्धकमा मुक्तिनाथ क्यापिटल लिमिटेड छ । बिक्री प्रबन्धकसँगे मुक्तिनाथ विकास बैंकका बिर्तामोड़, विराटनगर, जनकपुर, नारायणगढ़, पोखरा–चिप्लेढुङ्गा, नेपालगन्ज, सुर्खेत, धनगढ़ी, महेन्द्रनगर र बुटवल शाखा कार्यालय तथा एशियन लाइफ इन्स्योरेन्सको कार्यालयबाट आवेदन दिन सक्नेछन् । त्यसैगरी, सेबोनबाट अनुमति प्राप्त सम्पूर्ण आस्बा सेवामा सहभागी सम्पूर्ण बैंक तथा वित्तीय संस्था र तिनका तोकिएका कार्यालयमार्फत आवेदन दिन सक्नेछन् । मेरो शेयर अनलाईन पनि आवेदन दिनका लागि प्रयोग गर्न सकिनेछ ।

Visited 19 times, 1 visit(s) today
Above Samachar
यो पनि पढ्नुस

प्रतिक्रिया

Your email address will not be published.