
शिवपुरी (नुवाकोट), असार ७ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को स्थापना दिवसको अवसरमा शिवपुरी गाउँपालिका–६ मा आयोजित वडा समिति गठन कार्यक्रम शनिबार सम्पन्न भएको छ।
कार्यक्रमको प्रमुख आकर्षण प्रतिनिधि सभा क्षेत्र नं. १ का उम्मेदवार तथा युवा वैज्ञानिक डा. प्रधुम्न महतको उपस्थिति रह्यो। डा. महतले नयाँ पुस्तालाई समावेश गर्दै इमानदार र उत्तरदायी नेतृत्वको खाँचो औंल्याउँदै सहभागीलाई राजनीतिक सचेतनातर्फ प्रेरित गरे।
समितिको संयोजकमा विनोद तामाङ चयन भएका छन्। अन्य पदाधिकारीहरूको समेत समावेशमा संयोजन टोली गठन गरिएको पार्टी स्रोतले जनाएको छ।
कार्यक्रमको क्रममा ११ जना नयाँ सदस्यले पार्टी प्रवेश गरेका छन्। उनीहरूले राष्ट्रप्रेम, पारदर्शिता र सकारात्मक राजनीतिको यात्रामा सहभागी हुने प्रतिबद्धता जनाएका छन्।
स्थानीय तहमा रास्वपाको यो सक्रियता जनताको बढ्दो चासो र अपेक्षाको संकेतका रूपमा हेरिएको छ। भेला तथा समिति गठन कार्यक्रमलाई स्थानीय स्तरमा भव्य सहभागिताले थप उत्साहजनक बनाएको आयोजकको भनाइ छ।
