Fast Nepal News

वीरगञ्जमा कार दुर्घटना, एकको मृत्यु, तिन घाइते

banner single news

रौतहट । पर्साको वीरगञ्ज महानगरपालिका वडा नं. १४ मा कार दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।

गण्डकबाट बसपार्क तर्फ जाँदै गरेको बीआर ५५ बी ९१०४ नम्बरको भारतीय कार आईतबार दिउँसो करिब ३ः१० बजेको समयमा पिपरास्थित रेनुका पेट्रोल पम्प नजिकै अनियन्त्रित भई सडक खण्डको बीचमा रहेको डिभाइडरमा ठोक्किँदा दुर्घटना भएको  प्रहरीले जानकारी दिएको छ ।

जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक सुवा भट्टका अनुसार दुर्घटनामा परि अन्दाजी ३० वर्षीय बिटु सर्राफको मृत्यु भएको हो । दुर्घटनामा घाइते हुनेमा कार चालक भारत, बेतिया नरकटियागञ्ज निवासी करिब ४० वर्षीय गणेश सर्राफ त्यसैगरी, सोही स्थानका २० वर्षीय रतन सर्राफ र अर्को एक

Inside Article Ads

२१ वर्षीय बिटु सर्राफ रहेको प्रहरीले जानकारी दिएको छ ।दुर्घटनामा घाइते भएकाको बारास्थित एलएस न्युरो अस्पतालमा उपचार भैरहेको  छ । घटनास्थलबाट दुर्घटनाग्रस्त कार नियन्त्रणमा लिएको र घटनाका बारेमा आवश्यक अनुसन्धान भैरहेको जिल्ला प्रहरी कार्यलय पर्साले जनाएको छ ।

Visited 11 times, 1 visit(s) today
Above Samachar
यो पनि पढ्नुस

प्रतिक्रिया

Your email address will not be published.