Fast Nepal News

तारकेश्वरमा लागुऔषध, दुव्र्यसन र आत्महत्या सम्बन्धी सचेतनामूलक कार्यक्रम सम्पन्न

banner single news
काठमाण्डौं, तारकेश्वर नगरपालिका वडा नं १० को सहयोगमा परिवर्तनका निम्ति सहकार्य नेपालले लागू औषध दुव्र्यसन तथा आत्महत्या दुरुत्साहन सम्बन्धी एकदिने सचेतनामूलक कार्यक्रम सम्पन्न गरेको छ।

काठमाण्डौं उपत्यका प्रहरी कार्यालय रानीपोखरीका प्रहरी वरिष्ठ उपरीक्षक शेखर खनालको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा लागू औषध र आत्महत्या सम्बन्धी चेतनामूलक कक्षाहरू संचालन गरिएको थियो। प्रहरी उपरीक्षक शालिग्राम पौडेल र प्रहरी निरीक्षक शैलजा पाण्डेले सत्र संचालन गर्नुभएको हो।

कार्यक्रममा विभिन्न स्थानीय जनप्रतिनिधि, समाजसेवी, विद्यालय प्रतिनिधि तथा युवा संघसंस्थाका प्रतिनिधिहरूको उल्लेखनीय सहभागिता रहेको थियो। सञ्चारकर्मी कुसुम बज्राचार्यले कार्यक्रम सञ्चालन गर्नुभएको थियो।

प्रमुख अतिथि खनालले युवालाई लागुऔषधको लतबाट जोगाउन परिवार, समाज र संस्थाहरूको सहकार्य अपरिहार्य रहेको बताउनुभयो। वडा अध्यक्ष कुमार राईले सामाजिक विकासका लागि वडाले विभिन्न चेतनामूलक कार्यक्रमहरू गर्दै आएको जानकारी दिनुभयो।

कार्यक्रम सहभागी विद्यार्थी र युवाहरूले यस किसिमका कार्यक्रमले आफूहरूलाई महत्वपूर्ण जानकारी प्राप्त भएको प्रतिक्रिया दिएका छन्।

Seen by Pratap Bhatta at 11:11 AM

Visited 70 times, 1 visit(s) today
Above Samachar
यो पनि पढ्नुस

प्रतिक्रिया

Your email address will not be published.