Fast Nepal News

मिस्टर एण्ड मिस नेपाल जुनियर इन्टरनेशनलका बिजेताहरु थाईल्याण्ड जादै

banner single news

काठमाडौं । बालबालिकाहरु बिचको सौन्दर्य प्रतियोगीता मिस्टर एण्ड मिस नेपाल जुनियर इन्टरनेशनल २०२५ का बिजेताहरु थाईल्याण्ड जाने भएका छन् ।

आयोजक ट्वान्टी फो फ्रेमले आइतबार एक कार्यक्रमका बिच बिजेताहरु आगामी ६ जुलाईमा करिब आठ देश बिच हुने वल्र्ड फिनालेका लागी नेपालबाट प्रतिनिधित्व गर्ने जानकारी गराएको थियो ।

प्रतियोगीताको गएको बैशाख १३ गते फिनाले भएको थियो । जसमा मिस्टर नेपाल जुनियर इन्टरनेशनल २०२५ अर्मन महत बन्न सफल भएका थिए भने मिसेस नेपाल जुनियर इन्टरनेशनल २०२५ आइसा ठाकुर बन्न सफल भएकी थिइन् । यस्तै मिस लिटिल नेपाल इन्टरनेशनल २०२५ को टाइटल सोहना दाहालले पाइन् भने मिस्टर लिटिल नेपाल इन्टरनेशनल २०२५ को टाइटल सक्षम पराजुलीले पाउन सफल भएका थिए । यि चारै जना बिजेताले थाइल्याण्डमा हुने प्रतिस्पर्धामा नेपालको प्रतिनिधित्व गर्न पाउनेछन् ।

Inside Article Ads

मिस्टर एण्ड मिस नेपाल जुनियर इन्टरनेशनलको आयोजक संस्था ट्वान्टी फो फ्रेमका सिईओ त्रिलोक बिक्रम थापाले यो प्रतियोगीता एक पेजेन्ट मात्र नभएर बालबालिकाहरुका लागी सिकाईको ठुलो माध्यम रहेको बताए । उनले यस स्टेजबाट धेरै बालबालिकाले धेरै कुरा सिकेर गएको जानकारी दिए ।

Visited 66 times, 1 visit(s) today
Above Samachar
यो पनि पढ्नुस

प्रतिक्रिया

Your email address will not be published.