
काठमाडौं । नेपाल राष्ट्र बैङ्कले आज (शनिबार) का लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ ।
जसअनुसार, आज अमेरिकी डलर एकको खरिददर १३६ रुपियाँ ६३ पैसा र बिक्री दर १३७ रुपियाँ २३ पैसा, अष्ट्रेलियन डलर एकको खरिददर ८७ रुपियाँ ७३ पैसा र बिक्रीदर ८८ रुपियाँ १२ पैसा, क्यानेडियन डलर एकको खरिददर ९८ रुपियाँ ९३ पैसा र बिक्रीदर ९९ रुपियाँ ३७ पैसा, युरोपियन युरो एकको खरिददर १५४ रुपियाँ ८३ पैसा र बिक्रीदर १५५ रुपियाँ ५१ पैसा, युके पाउण्ड स्ट्रलिङ एकको खरिददर १८४ रुपियाँ ११ पैसा र बिक्रीदर १८४ रुपियाँ ९२ पैसा रहेको छ ।
यस्तै, स्वीस फ्रयाङ्क एकको खरिददर १६५ रुपियाँ ७३ पैसा र बिक्रीदर १६६ रुपियाँ ४६ पैसा, सिङ्गापुर डलर एकको खरिददर १०५ रुपियाँ ८२ पैसा र बिक्रीदर १०६ रुपियाँ २९ पैसा, स्वीडिस क्रोनर एकको खरिददर १४ रुपियाँ २६ पैसा र बिक्रीदर १४ रुपियाँ ३२ पैसा र डेनिस क्रोनर एकको खरिददर २० रुपियाँ ७६ पैसा र बिक्रीदर २० रुपियाँ ८५ पैसा तोकिएको छ ।
त्यसैगरि, जापानी येन १० को खरिददर नौ रुपियाँ ४९ पैसा र बिक्रीदर नौ रुपियाँ ५३ पैसा, चिनियाँ युआन एकको खरिददर १८ रुपियाँ ९९ पैसा र बिक्रीदर १९ रुपियाँ ०७ पैसा, थाइ भाट एकको खरिद दर चार रुपियाँ १६ पैसा र बिक्री दर चार रुपियाँ १८ पैसा, साउथ कोरियन वन १०० को खरिददर ९ रुपियाँ ९१ पैसा र बिक्रीदर ९ रुपियाँ ९५ पैसा, हङकङ डलर एकको खरिददर १७ रुपियाँ ४२ पैसा र बिक्रीदर १७ रुपियाँ ५० पैसा कायम भएको छ ।
साथै, साउदी अरेबियन रियाल एकको खरिददर ३६ रुपियाँ ४२ पैसा र बिक्रीदर ३६ रुपियाँ ५८ पैसा, कतारी रियाल एकको खरिददर ३७ रुपियाँ ४९ पैसा र बिक्रीदर ३७ रुपियाँ ६६ पैसा, युएई दिराम एकको खरिददर ३७ रुपियाँ २० पैसा र बिक्रीदर ३७ रुपियाँ ३६ पैसा, मलेसियन रिङ्गेट एकको खरिददर ३२ रुपियाँ १० पैसा र बिक्रीदर ३२ रुपियाँ २४ पैसा रहेको छ ।
यसको साथै, भारतीय रुपियाँ एक सयको खरिददर १६० रुपियाँ र बिक्रीदर १६० रुपियाँ १५ पैसा, कुवेती दिनार एकको खरिददर ४४५ रुपियाँ ३२ पैसा र बिक्रीदर ४४७ रुपियाँ २८ पैसा, बहराइन दिनार एकको खरिददर ३६२ रुपियाँ ४१ पैसा र बिक्रीदर ३६४ रुपियाँ ०१ पैसा, ओमनी रियाल एकको खरिददर ३५४ रुपियाँ ९१ पैसा र विक्रीदर ३५६ रुपियाँ ४६ पैसा रहेको छ ।
