Fast Nepal News

पूर्व सचिव, पूर्व आयूक्त, पूर्व न्यायधिस, नीति तथा योजना आयोगका पूर्व उपाध्यक्षसहितलाई साँगे गौरव सम्मान

banner single news

काठमाण्डौं । तनहुँ जिल्लाको साँगे क्षेत्र थाँतथलो रही राष्टि«य रुपमा चर्चा कमाउन सफल तथा साँगे क्षेत्रको विकासमा उल्लेख्य योगदान पुर्याउनुहुने अग्रज व्यक्तित्वहरुलाई साँगे गौरव सम्मान प्रदान गरिएको छ । काठमाडौं सोह्रखुट्टेस्थित लेखनाथ साहित्य सदनमा एक आयोजित साँगे दर्पण पुस्तक लोकार्पण कार्यक्रम माझ उहाँहरुलाई साँगे सभ्यता संरक्षण तथा विकास अभियानले साँगे गौरव सम्मान प्रदान गरेको हो । सो अवसरमा सम्मानित हुनु हुनेहरुमा नेपाल सरकारका पूर्व सचिव पुरुषोत्तम ओझा, अख्तियार दुरुपयोग अनुसन्धान आयोगका पूर्व आयुक्त एवं पूर्व न्यायधिस कृष्णबल्लभ काफ्ले, पूर्व न्यायधिस एवं काठमाण्डौं विश्वविद्यालय, कानुन संकायका डिन डा. ऋषिकेश वाग्ले, स्वास्थ्य बिमा बोर्डका कार्यकारी निर्देशक एवं गण्डकी प्रदेश नीति तथा योजना आयोगका पूर्व उपाध्यक्ष डा. रघुराज काफ्ले, नेपाल सरकारका पूर्व सहसचिव ई. माधवप्रसाद ओझा, वरिष्ठ अधिवक्ता प्राध्यापक डा. गान्धी पण्डित, रेडियो नेपालका पूर्व नायब कार्यकारी निर्देशक ई. श्रीभद्र वाग्ले, अग्रज एवं कृषक केदारनाथ वाग्ले, उद्योगपति एवम समाजसेवी पशुपति न्यौपाने, सामाजिक एवं राजनीतिक व्यक्तित्व बाबुराम भण्डारी, शिक्षासेवी एवं साहित्यिक व्यक्तित्व माधवप्रसाद भारद्धाज, कृषि विज्ञ दीपेन्द्रकेशरी न्यौपाने, चलचित्र पत्रकार एवं समिक्षक यज्ञस पण्डित, सामाजिक एवं राजनीतिक व्यक्तित्व भूवनेश्वरी पण्डित अधिकारी, अग्रज महिला सरस्वती न्यौपाने, पूर्व उपसचिव दामोदर भण्डारी हुनुहुन्छ । त्यसैगरि कार्यक्रममा साँगे दर्पण प्रकाशनार्थ सहयोग पुर्याउनु हुने दाता मध्येका गोविन्दराज वाग्लेलाई साँगे दर्पण उकृष्ट दाता सम्मान र बलबिक्रम शाहीलाई साँगे दर्पण दाता सम्मानबाट विभुषित गरियो । उहाँहरुलाई साँगे सभ्यता संरक्षण तथा विकास अभियानका संयोजक सुरेन्द्र वाग्ले र साँगे दर्पण पुस्तकका सम्पादक एवं अभियानका महासचिव सरोज ओझाले माला र सम्मानपत्रले सम्मान गर्नुभएको थियो ।

समारोहमा बोल्दै पूर्व सचिव पुरुषोत्तम ओझाले साँगे क्षेत्रको ऐतिहासिक, सामाजिक र सांस्कृतिक विशेषताहरू दस्तावेजीकरण गर्नु समय सान्दर्भिक कार्य भएको उल्लेख गर्नुहुँदै पुस्तकले साँगे क्षेत्रको पहिचानलाई थप बलियो बनाउने विश्वास व्यक्त गर्नुभयो ।

त्यसैगरी स्वास्थ्य बिमा बोर्डका कार्यकारी निर्देशक एवं गण्डकी प्रदेश नीति तथा योजना आयोगका पूर्व उपाध्यक्ष डा. रघुराज काफ्लेले साँगे क्षेत्रको समग्र विकासलाई अभिलेखमा उतार्न सफल यो पुस्तक नीति निर्माण र योजना विकासको सन्दर्भमा पनि उपयोगी बन्न सक्ने धारणा राख्नुभयो ।

तनहुँस्थित साँगे उपत्यकाको मौलिक सभ्यतालाई उजागर गर्न तथा विकास गतिविधिमा सघाउ पुगोस् र यसले भावी पुस्ताका लागि समेत मार्गदर्शन दिलाउन सकोस् भन्ने उदेश्य राखी खोजमूलक सन्दर्भ सामाग्रीका प्राथमिकतामा राखी पुस्तक प्रकाशन गरिएको सम्पादक एवं अभियानका महासचिव सरोज ओझाले बताउनुभयो ।

Inside Article Ads

कार्यक्रममा समालोचक एवं प्राध्यापक दीनदयाल रेग्मी खोजमूलक रुपमा आएकाले पुस्तक संग्रहनीय र पठनीय दुवै रहेको बताउनुभयो ।

अभियानका संयोजक सुरेन्द्र वाग्लेले साँगे सभ्यता मौलिक परिचय भएकाले यसलाई उजागर गर्दै भावी पुस्तालाई यसको गौरव सम्झाउने उद्देश्यले यो पुस्तक तयार गरिएको बताउनुभयो ।

अभियानका अस्ट्रेलिया संयोजक डा. राम पण्डितले पुस्तक प्रकाशनले साँगे क्षेत्रको समग्र विकासमा थप योगदान पुग्ने धारणा राख्नुभएको थियो भने अन्य वक्ताहरु सामाजिक एवं राजनीतिक व्यक्तित्व बाबुराम भण्डारी, शिक्षासेवी एवम साहित्यकर्मी माधवप्रसाद भारद्वाज, शिक्षासेवीद्वय नवराज वाग्ले एवम हरिशरण पण्डितले पुस्तक प्रकाशन कोशेढुँगा भएको र यसले साँगेको समग्र वस्तुस्थिती बोल्ने ल्यागत राख्ने आफूहरुले पाएको आशयसहितको मन्तव्य धारणानाफिजकी उपाध्यक्ष एवं समाचारवाचिका प्रमिला खतिवडाले कार्यक्रम संचालकको भूमिका निर्वाह गर्नुभएको उक्त कार्यक्रममा अभियानका कार्यसमिति सदस्य बालवती शर्मा बाला ले स्वागत मन्तव्य राख्नुभएको थियो भने ई. ठाकुर प्रसाद पण्डितले सबैमा धन्यवाद ज्ञापन गर्नुभएको थियो ।

कार्यक्रमको अन्त्यतिर नेपाल डेरी एसोसिएसनको राष्ट्रिय मोही अभियान अन्तर्गत सहभागीहरुलाई परम्परागत पेय पदार्थ मोही सेवन गराइएको थियो, जसले कार्यक्रमको सांस्कृतिक सौन्दर्यमा मिठास थपेको थियो ।

Visited 35 times, 1 visit(s) today
Above Samachar
यो पनि पढ्नुस

प्रतिक्रिया

Your email address will not be published.