Fast Nepal News

बाईसधारामा सम्पन्न निःशुल्क स्वास्थ्य शिविरमा ठूलो सहभागिता, सयौंले सेवा लिए

banner single news

 

काठमाडौं, २०८२ जेठ १० —  नेवाः पुतुवार समाजको आयोजनामा शनिबार बाईसधारामा सम्पन्न एक दिवसीय निःशुल्क स्वास्थ्य शिविरमा सयौं स्थानीयवासीहरूले स्वास्थ्य सेवा लिएका छन्। बिहान ८ बजेबाट सुरु भएको शिविर दिनभर सञ्चालन भएको थियो।

शिविरमा जनरल चेकअप, नाक–कान–घाँटी परीक्षण, दाँतको परीक्षण, सुगर तथा प्रेसर जाँच, साथै निःशुल्क औषधी वितरणजस्ता सेवा प्रदान गरिएका थिए। सहभागीहरूको उत्साहजनक उपस्थिति र सेवाप्रति सन्तुष्टि आयोजकहरूको लागि प्रेरणाको स्रोत बनेको छ।

स्वास्थ्य शिविरमा पिपल्स डेन्टल कलेज एण्ड हस्पिटल प्रा. लि. ले प्राविधिक सहयोग पुर्‍याएको थियो। कार्यक्रम व्यवस्थापनको जिम्मेवारी विजय पुतुवारले सम्हालेका थिए।

Inside Article Ads

स्थानीय समुदायले यस किसिमको स्वास्थ्य सेवा निरन्तर आयोजना गर्नुपर्ने माग पनि अघि सारेका छन्। आयोजक संस्था स नेवाः पुतुवार समाजले आगामी दिनमा अझ प्रभावकारी कार्यक्रमहरू ल्याउने प्रतिबद्धता जनाएको छ।

थप जानकारीका लागि:

  • विजय पुतुवार: ९८१३१०६७६७
  • कृष्ण पुतुवार: ९८०११३३६५५
  • सुरेश पुतुवार: ९८४९४३२०४६
  • अजित महर्जन: ९८१८०६१७०६

 

Visited 50 times, 1 visit(s) today
Above Samachar
यो पनि पढ्नुस

प्रतिक्रिया

Your email address will not be published.