Fast Nepal News

जार र बोतलको पिउने पानीबारे अफवाह नफैलाउन संघको आग्रह, समस्या देखिए अनुसन्धान गरिने

banner single news

 

काठमाडौं । पिउने पानी मानिसको दैनिक जीवनमा अत्यन्तै आवश्यक वस्तु हो। बोतल र जारमा बिक्री हुने पानी उपत्यका लगायत देशभर लोकप्रिय रुपमा प्रयोग हुँदै आएको छ। तर, हालै काठमाडौंको तारकेश्वर नगरपालिका–६ स्थित एक पसलमा उपभोगका लागि म्याद नसकिएको बोतलमा लेउ देखिएपछि बोतल र जारको पानीप्रति सर्वसाधारणमा शंका उत्पन्न भएको छ।

यस विषयमा नेपाल बोटल वाटर उद्योग संघका अध्यक्ष ध्रुव गौतमले केही गलत प्रवृत्तिहरूको कारण समग्र उद्योगलाई नै धरापमा पार्ने प्रयास भइरहेको जनाउँदै, उपभोक्ता भ्रममा नपर्न आग्रह गरेका छन्।

गम्भीरता साथ लिइँदैछ: अध्यक्ष गौतम
“बजारमा उपलब्ध सबै पानी अशुद्ध छैनन्, हल्लामा विश्वास गर्नु हुँदैन,” अध्यक्ष गौतमले भने, “तर मेसिन मानवद्वारा सञ्चालित हुने भएकाले कहिलेकाहीँ समस्या आउन सक्छ। सबै उद्योग निर्दोष छन् भन्ने अवस्था पनि छैन।”

उनका अनुसार फिल्टर मेसिनको भित्री भागमा समस्या आएमा पानीमा फोहोर देखिन सक्छ र यस्तो अवस्थामा उत्पादनको एक लट नै असरमा पर्न सक्छ।

Inside Article Ads

“एक–दुई बोतलमा मात्रै समस्या देखिनु अनौठो हो, हामी आफैं पनि अनुसन्धान गरिरहेका छौं कि यो नियोजित गतिविधि त होइन?” गौतमले प्रश्न गरे भण्डारणको लापरवाहीले पनि असर
गौतमका अनुसार निश्चित तापक्रममा राख्नुपर्ने पानी अत्यधिक घाम र चिसोमा दोहोरिएर राख्दा गुणस्तरमा असर पर्न सक्छ। उनले पसले वा डिलरले सही तरिकाले स्टोर नगरेको खण्डमा समस्या देखिन सक्ने बताए।

“स्टोरको लापरवाहीलाई सबै उद्योगीको कमजोरी भन्न मिल्दैन,” उनले थपे।समस्या देखिए सम्पर्क गर्न अनुरोध ।यदि उपभोक्ताले बजारमा पाइने पानीमा कुनै समस्या देखेमा प्रत्यक्षरूपमा संघलाई जानकारी दिन पनि गौतमले आग्रह गरेका छन्। “९८५१०२९६४९ नम्बरमा हामीलाई सम्पर्क गर्न सकिन्छ,” उनले भने संघका अनुसार सम्बन्धित कम्पनीले हालै देखिएको समस्याबारे तत्कालै उत्पादन रोकी अनुसन्धान सुरु गरिसकेको छ।

गौतमले उपभोक्ता र व्यवसायी दुवै पक्ष सचेत भए यस्ता समस्या न्यून हुने विश्वास व्यक्त गरेका छन्।

Visited 64 times, 1 visit(s) today
Above Samachar
यो पनि पढ्नुस

प्रतिक्रिया

Your email address will not be published.