Fast Nepal News

बागमती प्रदेश सरकारका मुख्यमन्त्री र मन्त्रीहरुप्रती सत्तारुढ दलहरुकै सांसदहरुको गुनासो

banner single news

 

हेटौंडा । बागमती प्रदेश सरकारका मुख्यमन्त्री र मन्त्रीहरुप्रती सत्तारुढ दलहरुकै सांसदहरु निकै गुनासो गर्न थालेका छन् ।  सरकारमा गएपछी मुख्यमन्त्री र मन्त्रीहरुले पार्टीमा र पार्टीकै सांसदहरुलाई वेवास्ता गरेर काम गरिरहेको उनीहरुको गुनासो छ ।

सरकारका मुख्यमन्त्री र मन्त्रीहरुले चालु आर्थिक वर्षमा मात्र लाखौका महंगा गाडी खरिद गर्ने, सुविधाका सामान धेरै खरिद गर्ने तर, विपदमा परेका नागरिकका समस्यामा सरकारको उपस्थिती देखाउन नसकेको नेकपा एमालेका बामगती प्रदेशका एक सांसदले गुनासो गरे ।

अहिलेका मुख्यमन्त्री र मन्त्रीहरु सधै स्थायीरुपमानै अहिलेको पदमा बस्न पाइन्छ भन्ने सोचका साथ काम गरेको बताउँदै ती सांसदले भने–‘पद अस्थायी चिज हो । अहिले सरकारमा गएर रवाफ देखाएपनि पछी हामी जस्तै अवस्थामा बस्नुपर्ने हुन्छ । त्यसैले सुविधमा रमाउने भन्दा पनि जनताको सेवा गर्नुपर्छ ।’

Inside Article Ads

बिशेषगरी प्रदेशका मुख्यमन्त्री, आर्थिक मामिला मन्त्री, भौतिक पूर्वाधार मन्त्री र अरु मन्त्रीहरु प्रदेशभरीका जनताको मन्त्री भएकाले आफ्ना निर्वाचन क्षेत्रको मात्र मन्त्री भन्ने मानसिकता त्याग गरेर काम गर्नका लागि प्रदेशका सांसदहरुको सुझाव रहेको छ । मन्त्री प्रदेशको भन्ने तर, आफ्ना निर्वाचन क्षेत्रमा बजेट हाल्ने र सरकारमा रहेका सांसदहरु पनि जनप्रतिनिध भएकाले उनीहरुप्रति पनि जनताको अपेक्षा रहन्छ भन्ने कुरा नबुझ्ने परिपाटी रहेको नेपाली कांग्रेसका सांसदले बताए ।

अहिले प्रदेश सरकारका मन्त्रीहरु बजेट बनाउने तरखरमा लागेकाले बजेट आवश्यताका आधारमा योजना बैक मार्फत बजेट हाल्ने भन्दा पनि बिचौलियाको सेटिङमा बजेट पार्नका लागिपरेको एमालेका एक सांसदले बताए । यता मन्त्रीहरुले भने आफुहरुले प्रदेशका जनताको समग्र हितका निम्ति काम गरिरहेको बताएका छन् ।

Visited 12 times, 1 visit(s) today
Above Samachar
यो पनि पढ्नुस

प्रतिक्रिया

Your email address will not be published.