Fast Nepal News

आरके शर्माको संयोजकत्वमा एनआरएनए न्यायिक तथा मेलमिलाप  समिति गठन

banner single news

काठमाडौं ।  सर्वोच्च अदालतको परमादेशबाट गठित गैर आवासीय नेपाली संघ (एनआरएनए) उच्चस्तरीय समितिले गरेको एकता महाधिवेशनबाट  निर्वाचित कार्यसमितिले  एक उच्चस्तरीय न्यायिक तथा मेलमिलाप  समिति गठन गरेको छ।

अध्यक्ष महेश कुमार श्रेष्ठको अध्यक्षतामा बसेको कार्यसमितिको दोस्रो बैठकले एनआरएन अभियन्ता राजेन्द्र कुमार (आरके) शर्माको संयोजकत्वमा उक्त समिति गठन गरेको हो । शर्मा नेतृत्वको समितिले आवश्यकता अनुसार सदस्यहरू थप गर्ने प्रवक्ता गंगाधर गौतमले जानकारी दिए ।

यसैगरी, संसारभरका राष्ट्रिय समन्वय परिषद् एनसीसीहरुलाई अर्को पक्षको अनधिकृतरुपमा नियन्त्रणमा रहेको एमआइएस सिस्टम प्रयोग नगर्न पनि बैठकले अपिल गरेको छ । महासचिव बाबुराम (बीआर) लामाका अनुसार एनसीसीहरुलाई  आफ्नै पोर्टलबाट आवेदन खोल्न अनुरोध गर्ने र आफ्नै पोर्टल नभएका एनसीसीहरुलाई आईसीसीसँग समन्वय गर्न भनिएको छ ।

Inside Article Ads

यसैगरी क्षेत्रीय बैठकहरू आयोजना गर्ने विषयमा मिति र स्थान तय गर्ने जिम्मा क्षेत्रीय संयोजकहरूलाई नै दिने निर्णय पनि बैठकले गरेको प्रवक्ता गौतमले जनाए  ।

Visited 16 times, 1 visit(s) today
Above Samachar
यो पनि पढ्नुस

प्रतिक्रिया

Your email address will not be published.