Fast Nepal News

करिब एक वर्ष अघिनै तार्दीखोला मोटरेवल पुल सम्पन्न हुँदै

banner single news

जनक श्रेष्ठ
लमजुङ, २८ वैशाखः जिल्लामा दर्जनौ योजनाहरु निर्माणाधीन छन् । ती अधिकांश योजनाहरुले पटक पटक म्याद थप गर्दै अघि बढेपनि निर्माण कार्य सम्पन्न भने हुन सकेको छैन । यस्ता योजनाहरुले जिल्लाको विकास निर्माणमा समेत असर गर्दै आएको छ । निर्माण कार्य थालनी गरेपनि समय थप गर्दा पनि सम्पन्न नभएको योजनाहरु देखेर स्थानीय दुखित र चिन्तित हुँदै आएका छन् ।
तर यहाँ तार्दीखोला मोटरेवल पुलको निर्माण कार्य भने निर्धारित समय भन्दा ११ महिना अगावै सम्पन्न हुन लागेको छ । यो पुल समय अगावै सम्पन्न हुने मात्र होइन जिल्लाकै उदारणीय निर्माण कार्य  हुनेछ । जिल्लास्थित दोर्दी गाउँपालिका १ र राईनास नगरपालिका ९ जोड्ने यस मोटरेवल पुलको निर्माण अवधि भन्दा ११ महिना अघि सम्पन्न हुन लागेको र हालसम्म ९० प्रतिशत सम्पन्न भएको पूर्वाधार विकास कार्यालय लमजुङले जनाएको छ ।
यस कार्यालयका निमित्त प्रमुख विवेक सिग्देलले भन्नुभयो,यस पुलको अधिकांश निर्माण कार्य सम्पन्न भएको छ, अब केही दिनमा यसको निर्माण कार्य सम्पन्न हुने र यससँगै निर्माण अवधि रहेको करिब एक वर्ष अगावै यस पुल सम्पन्न हुनेछ । एप्रोज रोड र रिभर फिनिसिङका केही काम र रङरोगन कार्य बाहेक सबै काम सम्पन्न भएको उहाँको भनाई छ । कार्यालयका अनुसार १ स्पानको आसिसि वृर्ज रहेको र यसको दुई तर्फ १÷ १ वटा पिलर गरी २ वटा मात्र पिलर रहेको छ भने, २० मिटर लम्बाई र ८ दशमलव ४० मिटर चौडाई छ । विसं. २०८० चैत १३ गते सम्झौता गरी विसं. २०८२ चैत १२ गतेसम्म सम्पन्न गर्ने गरी ओससिस आङबुहाङ जेभीले निर्माण कार्य अगाडी बढाएको छ । सम्पन्न गर्नुपर्ने समय करिब एक वर्ष जस्तै बाँकी रहेको र अब हप्ता दशदिन भित्रमा सबै काम सम्पन्न हुने कार्यालय निमित्त प्रमुख सिग्देलको भनाई छ ।
उहाँले भन्नुभयो, सो समयमै निर्माण कार्यसम्पन्न भएसँगै समय अगावै कमै सम्पन्न हुनेमध्ये यो पुल हुनेछ । ५ करोड १२ लाख २८ हजार ४४८ रुपैयाँ १६ पैसाको स्टमेन्ट गरेपनि ठेकेदारले ३ करोड १९ लाख ९९ हजार ८३४ रुपैयाँ ५० पैसामा निर्माण कार्य गरेको उत्तः कार्यालयलले जनाएको छ । कार्यालयका अनुसार दुई करोड रुपैयाँ विनियोजित रहेको र ९० लाख ६० हजार रुपैयाँ बजेट अपुग भएकाले रकमान्तरकोलागी पेश गरेको छ । यस पुल सम्पन्न भएसँगै विषेशगरी दोर्दी १ भारते र राइनास ९ प्यारजुङका स्थानीय लाभान्वित हुनेछन् । यस पुल हप्तादिश दिनभित्रमा सम्पन्न भएमा निर्माण अवधि अगावै करिब ९ महिना अघि नै सम्पन्न हुनेछ । जिल्लाका अधिकांश योजनाहरु पटक पटक म्याद थप गर्दा पनि नसकिएको बेला यो पुल भने समय अगावै सम्पन्न हुनेछ ।
त्यस्तै, मादी नदीपुल सिसाघााट सडक स्तरोन्ती कार्य समेत अन्तिम चरणमा पुगेको छ । यस सडकको ९७० मिटर कालोपत्रे गर्ने कार्यमध्ये अब १०० मिटर मात्र बाँकी रहेको पूर्वाधार कार्यालयका निमित्त प्रमुख सिग्देलको भनाई छ । यस सडकको लागि दुई करोड ७० लाख १२९ रुपैयाँ ६८ पैसाको स्टमेन्ट गरेकोमा १ करोड ४१ लाख १३ हजार ६५ रुपैयाँ २७ पैसामा क्विज कन्टन्सटेन्सी प्रालिले जिम्मा लिएको उहाँको भनाई छ । यस सकड पनि केही दिनमा सम्पन्न हुनेछ ।
विसं. २०८१ वैशाख १८ गते सम्झौता भएको र विसं. २०८२ वैशाख १८ गतेसम्म सम्पन्न गर्ने लक्ष्य राखेको थियो । निर्धारित समय भन्दा केही समय पछि सकिन लागेपनि धेरै समय नलाग्ने सो कार्यालयले जनाएको छ । कार्यालयका अनुसार यस सडकको समेत पैसा अभाव भएकाले ५० लाख रुपैयाँ रकम रकमान्तरको लागि पेश भएको छ । जिल्लाका अधिकांश ठुलादेखि साना योजनाहरुको रकम अपुग भएको र करिब १५ करोड रकम रकमान्तरको लागि पेश गरेको कार्यालयले जनाएको छ ।

Inside Article Ads
Visited 147 times, 1 visit(s) today
Above Samachar
यो पनि पढ्नुस

प्रतिक्रिया

Your email address will not be published.