Fast Nepal News

सिरहाका डीएसपी पासवानको कार्यशैलीप्रति स्थानीय जनप्रतिनिधिहरूले गरे प्रशंसा

banner single news

सिरहा । जिल्ला प्रहरी कार्यालय सिरहामा कार्यरत प्रहरी नायब उपरीक्षक (डीएसपी) विरेन्द्र पासवानको कार्यशैलीप्रति स्थानीय जनप्रतिनिधिहरूले खुलेर प्रशंसा गरेका छन् ।
सिरहा नगरपालिका–६ का निर्वाचित वडा अध्यक्षले सामाजिक सञ्जाल फेसबुकमार्फत् डीएसपी पासवानप्रति इमानदार, मिलनसार र कानुनी प्रक्रियामा विश्वास गर्ने अधिकृतका रूपमा प्रशंसा व्यक्त गरेका हुन्।
उनले लेखेका छन्, ‘इतिहासमा यति इमानदार, मिलनसार र नेताको चाकरी नगर्ने प्रहरी अधिकृत बिरलै देखिएको छ। जनता शान्ति सुरक्षाको अनुभूति गरिरहेका छन्।
डीएसपी पासवानले सिरहामा पदस्थापन भएसँगै अपराध नियन्त्रण, कानुनी पालना र नागरिकमैत्री सेवा प्रवाहमा उल्लेखनीय सुधार आएको जनाइएको छ। जनताको भावना कदर गर्दै निष्पक्ष रूपमा काम गर्ने शैलीले स्थानिय युवाहरू समेत प्रभावित भएका छन्।
वडा अध्यक्षले फेसबुकमा लेखेका छन्, ‘सिरहाली युवाहरू तपाईंको सहयोगका लागि तत्पर छन्। तपाईंको कार्यगति यस्तै रहोस् भन्ने शुभकामना छ।’
यसअघि पनि विभिन्न जिल्लामा कार्यरत रहँदा पासवान इमानदार छविका रूपमा चिनिँदै आएका थिए।

 

Inside Article Ads
Visited 52 times, 1 visit(s) today
Above Samachar
यो पनि पढ्नुस

प्रतिक्रिया

Your email address will not be published.