Fast Nepal News

बालअधिकार अभियान्ता भुवन ऋभूलाई संस्था वल्र्ड जुरिस्ट सम्मान पदक

banner single news

काठमाडौं । न्यायिक अभियान्ताहरूको संस्था वल्र्ड जुरिस्ट एसोसिएसन (डब्ल्यूजेए) ले बालअधिकारका विश्व अभियान्ता संस्थापक भुवन ऋभूलाई सम्मान पदक अर्थात ‘मेडल अफ अनर’ प्रदान गरेको छ । ऋभु तथा जस्ट राईट्स फर चिल्ड्रेनका संस्थापकसमेत हुन् ।

‘बालविवाह मुक्त विश्व’ बनाउने एउटा वैश्विक अभियानका लागि आफूलाई समर्पित गरेका ऋभूलाई डब्ल्यूजेले आफ्नो भव्य वार्षिक समारोह विश्व कानुन महासभा अर्थात् ‘वल्र्ड ल कंग्रेस’ बीच उक्त पदक प्रदान गरेको हो ।

कार्यक्रम २०२५ मे ४ देखि ६ सम्म डोमिनिकन गणराज्यमा आयोजना गरिएको थियो, जहाँ ७० भन्दा बढी देशका १५०० भन्दा बढी न्यायिक अभियान्ताहरूसँगै ३०० भन्दा धेरै वक्ताहरू उपस्थित थिए ।

१९६३ मा स्थापना भएको वल्र्ड जुरीस्ट एसोसिएसनले यसअघि यस्तै पदकबाट नेल्सन मण्डेला, विन्स्टन चर्चिल, रूथ बेडर जिन्सबर्ग, केरी केनेडी, र रेने कासिन विश्व चर्चित व्यक्तित्वहरूलाई सम्मान गरिसकेको छ ।

भारतलाई कर्मभूमि बनाएर ऋभूले सुरुवात गरेको बालविवाह मुक्त अभियान तीन महादेशका करिब ३९ देशमा चलिरहेको छ । ऋभूले नेपालमा पनि बालअधिकारको क्षेत्रमा थुप्रै अभियानहरू सञ्चालन गरिसकेका छन् ।

नेपालमा समेत उनले बालविवाह र बाल तस्करी तथा बालश्रमविरुद्धका अभियानहरूमा नेतृत्वदायी भूमिका निभाएका ऋभूले भारतीय सर्कसहरूबाट नेपाली बालबालिकाको उद्धार गरेका थिए। सन् २०११ मा ती सर्कस उद्योगहरूमा बालबालिका भर्तीमा प्रतिबन्ध लगाउन पनि कानुनी रुपमा उनी सफल भएका थिए ।

विगत दुई दशकमा उनले भारतमा यौन शोषणमा लगाइएका हजारौं नेपाली किशोरी र घरेलु कामदारका रूपमा प्रयोग गरिएका बालबालिकाहरू पनि उद्धार गरेका छन् ।

गत वर्षदेखि नेपालमा सुरु भएको ‘बालविवाह मुक्त’ अभियानको अगुवाई पनि ऋभूले नै गरेका थिए । गत डिसेम्बर ३१ मा जस्ट राइट्स फर चिल्ड्रेल इन नेपाल र बेस नेपालको सहकार्यमा उक्त अभियानको सुरुवातमा प्रधानमन्त्री केपी शर्मा ओलीले एउटा प्रतिवद्धता पत्रमा हस्ताक्षर गरेका थिए ।

त्यसका लागि ऋभूले प्रधानमन्त्री ओलीसँग नेपाललाई आगामी २०३० सम्म बालविवाह मुक्त राष्ट्र घोषणा गर्ने राष्ट्रिय रणनीतिमा सहकार्य गरेर अघि बढ्न पनि छलफल गरेका थिए। कानुनको नवीन प्रयोग र जनस्तरमा आन्दोलनमार्फत आधुनिक दासत्व, मानव तस्करी, जबर्जस्ती बालश्रम, बाल यौन दुव्र्यवहार र बालविवाहविरुद्ध लड्दै आएका ऋभूले जीवनका दुई दशकभन्दा बढी समय बाल अधिकारका लागि समर्पित गरेका छन् ।

उनका प्रयासहरूले आज नेपाल, भारतलगायत विश्वका लाखौं बालबालिले कानुनी संरक्षणको प्रत्याभूत गरेका छन् र सरकारहरू त्यसमा प्रतिवद्ध भएका छन् ।

Inside Article Ads

पदक ग्रहण गर्दै उक्त सभामा ऋभूले आफ्ना अनुभवहरू साथै बालअधिकारको लडाईंमा आफ्नो अभियानबारे बताएका थिए ।

‘बालबालिकाको न्यायका लागि लड्दा सुरुमा हामी एक्लै हुनुपर्ला तर त्यसको लडाईं हामीले एक्लै लड्नुपर्दैन । किनकि कानुनहरू उनीहरूको न्यायिक अधिकारका लागि ढाल बनेर रहेका हुन्छन् । तिनको व्यहारिक कार्यान्वयमा मात्रै सरकारहरूलाई हामीले अपनत्वका लागि दबाव दिनुपर्छ’ ऋभूले भनेका छन् ।

त्यस्तै वल्र्ड जुरीस्ट एसोसिएसनका अध्यक्ष जेभियर क्रेमाडेसले ऋभूको समर्पण र बालअधिकारको क्षेत्रमा उनको लगावलाई प्रशंसा गरेका थिए ।

‘सबैका लागि न्याय नै लोकतन्त्रको सबैभन्दा बलियो आधार हो भनेर विश्वास राख्ने भुवनले आफ्नो जीवन देश र विश्वभर यौन अपराधका शिकार भएका बालबालिका र महिलाको न्यायको सेवामा समर्पित गरेका छन्’ क्रेमाडेसले भनेका छन्।

भुवन ऋभूले स्थापना गरेको जस्ट राइट्स फर चिल्ड्रेन (व्च्ऋ) विश्वकै सबैभन्दा ठूलो बाल संरक्षण सञ्जाल हो, जसले भारत, नेपाल, केन्या र अमेरिका लगायतका देशहरूमा काम गर्दै आएको छ । २५० भन्दा बढी साझेदार संस्थाहरूको यस सञ्जालले कानुनी हस्तक्षेप र सामुदायिक सहभागितामार्फत बालबालिकाको सुरक्षाका लागि प्रणालीगत संरक्षण प्रदान गर्दै आएको छ ।

ऋभूको अगुवाईमा यो अभियानका क्रममा अहिलेसम्म ८५ हजार भन्दा धेरै बालश्रमिक, यौन शोषित, तथा विभिन्न जोखिममा रहेका बालबालिकाहरुको उद्धार गरिएको छ। त्यस्तै करिब ३ लाख भन्दा बालबालिको बालविवाह रोकिएको छ ।

करिब ३४ हजार धेरै बालयौन दुव्र्यवहार पीडितलाई कानुनी सहायता प्रदान गरिसकेको ऋभूको यो अभियानका क्रममा ५४ हजार भन्दा धेरै मानव तस्करीविरुद्ध मुद्दा दायर भएका छन्।

‘यी मात्रै गणितीय तथ्याङ्कहरू होइनन्। यसबाट कैयौं कलिला जीवनहरू बाँचेका छन्। भविष्यको सुनिश्चिता भएको छ। र, यी भनेका हाम्रा बालबालिकाका अधिकारका लागि गरिएका संकल्पहरू पनि हुन्’ ऋभूले भनेका छन्।

Visited 17 times, 1 visit(s) today
Above Samachar
यो पनि पढ्नुस

प्रतिक्रिया

Your email address will not be published.