Fast Nepal News

ओखलढुङ्गाको खिजिदेम्बामा करेन्ट लागेर एक मजदुरको ज्यान गयो

banner single news

रामेछाप । ओखलढुङ्गामा करेन्ट लागेर हिजो एक मजदुरको ज्यान गएको छ ।

जिल्लाको खिजीदेम्बा गाउँपालिका–८ रावाटोलमा ट्रान्सफर्मर चार्ज गर्ने क्रममा करेन्ट लागेर कैलालीको हसुलिया–४ का ३० वर्षका बिन्दु चौधरीको करेन्ट लागेर ज्यान गएको हो ।

चौधरी सिग्माकोण प्रालि काठमाडौंको ठेक्कामा रहेको विद्युत् विस्तार आयोजनाको मजदुर थिए । चौधरीको शव ट्रान्सफर्मरमा झुण्डिरहेको अवस्थामा फेला परेको प्रहरी निरीक्षक मनिष लुइँटेलले जानकारी दिए ।

Inside Article Ads

घटनास्थल जिल्ला सदरमुकामबाट सबैभन्दा टाढा र दुर्गम क्षेत्र रामेछाप जिल्लाको सिमानामा पर्दछ । अहिले ओखलढुङ्गाका ग्रामीण क्षेत्रमा केन्द्रीय विद्युत् लाइन विस्तारको काम भइरहेको छ ।

Visited 25 times, 1 visit(s) today
Above Samachar
यो पनि पढ्नुस

प्रतिक्रिया

Your email address will not be published.