Fast Nepal News

एनआरएनएको  प्रवक्तामा गंगाधर गौतम मनोनित

banner single news

काठमाडौं ।  गैरआवासीय नेपाली संघ (एनआरएनए) को प्रवक्तामा अभियन्ता गंगाधर गौतम मनोनित भएका छन् ।

सर्वोच्च अदालतको परमादेश अनुसार गठित उच्चस्तरीय समितिले काठमाडौँमा  आयोजना गरेको एकता महाधिवेशनबाट सर्वसम्मत अध्यक्षमा निर्वाचित भएका महेश कुमार श्रेष्ठले बेल्जियम निवासी  गौतमलाई प्रवक्ता मनोनित गरेका हुन् ।

लामो समयदेखि एनआरएनएको अभियानमा सक्रिय रहेका उनी एकता महाधिवेशन मूल आयोजक समितिका सदस्य सचिव थिए ।

संस्थाभित्र एकताको वातावरण बनाउन आफु  चुनावी प्रतिस्पर्धामा नउत्रिएको गौतमले बताए। । उनले सबैलाई एकताबद्ध हुन आग्रह गर्दै बाहिर रहेका केही साथीहरूलाई पनि अभियानको मूल प्रवाहमा समेट्नका लागि सिङ्गो कार्यसमितिले पहलकदमी लिने प्रस्ट पारे ।

Inside Article Ads

अहिले गम्भीर सङ्कटमा रहेको एनआरएन अभियानलाई सफल बनाउन परराष्ट्र मन्त्रालयले सहजीकरण गरेकोमा धन्यवाद ज्ञापन गर्दै सधैँ सरकार र विश्वभर रहेका अभियन्ताहरूसँग मिलेर काम गर्ने पनि उनले बताए ।

आइतबार भएको निर्वाचनबाट महेश कुमार श्रेष्ठसहित सम्पूर्ण पदमा सर्वसम्मत भएको हो ।

Visited 14 times, 1 visit(s) today
Above Samachar
यो पनि पढ्नुस

प्रतिक्रिया

Your email address will not be published.