Fast Nepal News

वैशाख २३ गते “सामाजिक सञ्जाल र आत्मअनुशासन” विषयमा अन्तर्कृया कार्यक्रम गरिने

banner single news

काठमाडौं, वैशाख २० ।सामाजिक सञ्जालको जिम्मेवार र आत्मअनुशासित प्रयोगबारे सचेतना फैलाउने उद्देश्यले अप्टिमिष्टिक क्लब अफ डेरी ईन्टरप्रेनरर्सले विशेष अन्तर्क्रिया कार्यक्रम आयोजना गर्ने भएको छ। “सामाजिक सञ्जाल र आत्मअनुशासन” विषयमा केन्द्रित कार्यक्रम आगामी २०८२ साल वैशाख २३ गते, मङ्गलबार नेपाल डेरी एसोसिएसनको सभा हल, शंखमूल, ललितपुरमा हुने क्लबका सचिव सरोज ओझाले जानकारी दिनुभयो। “आजको पुस्ताले सामाजिक सञ्जाल प्रयोग गर्दा आत्मअनुशासन र विवेक आवश्यक छ,” उहाँले भन्नुभयो, “यस विषयमा गहिरो बहस र विचार आदानप्रदान जरुरी भएकाले कार्यक्रम आयोजना गर्न लागिएको हो।” क्लबका अध्यक्ष प्रल्हाद दाहालले सामाजिक सञ्जालले मानिसको सोच, व्यवहार र समाजमा गहिरो प्रभाव पारेकाले संवाद, जागरण र आत्मअनुशासन आवश्यक भएको बताउनुभयो। “डिजिटल युगसँगै अवसर र चुनौती दुवै छन्,” उहाँले भन्नुभयो, “हाम्रो क्लबले समाजप्रति जिम्मेवार भूमिका निर्वाह गर्ने उद्देश्यले यस्तो कार्यक्रम अघि सारेको हो।” सचिव ओझाले सामाजिक सञ्जालले जीवनशैलीमा सकारात्मक प्रभाव पार्ने भए पनि अनियन्त्रित प्रयोगले मानसिक, सामाजिक र नैतिक चुनौती खडा गर्ने उल्लेख गर्दै, “यस्ता चुनौतीहरूसँग जुझ्न सचेत प्रयोगको संस्कार विकास गर्न हामीले यो कार्यक्रम ल्याएका हौं,” भन्नुभयो। कार्यक्रममा अप्टिमिष्टिक इन्टरनेशनल नेपाल डिस्टृकका पदाधिकारीहरु, विभिन्न क्षेत्रका युवा, सञ्चारकर्मी, उद्यमी, शिक्षाविद तथा सामाजिक अभियन्ताहरूको सहभागिता रहने अपेक्षा गरिएको छ। कार्यक्रमको उद्देश्य सामाजिक सञ्जालप्रतिको दृष्टिकोणमा सकारात्मक परिवर्तन ल्याउने र अनुशासित प्रयोगको व्यवहारिक संस्कार विकास गर्नु रहेको क्लबका अध्यक्ष दाहालले बताउनुभयो।

Inside Article Ads
Visited 28 times, 1 visit(s) today
Above Samachar
यो पनि पढ्नुस

प्रतिक्रिया

Your email address will not be published.