Fast Nepal News

ग्रामीण आदर्श बहुमुखी क्याम्पसमा स्वतन्त्र विद्यार्थी युनियन निर्वाचनको माग राख्दै नेविसंघको रिले अनशन सुरु

banner single news

काठमाडौं,  – स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनको सुनिश्चितताको माग राख्दै नेपाल विद्यार्थी संघ (नेविसंघ) ले ग्रामीण आदर्श बहुमुखी क्याम्पसमा रिले अनशन सुरु गरेको छ। नेविसंघका नेता सुशील भट्टले यो आन्दोलनमा एक्यबद्धता जनाउँदै विद्यार्थीहरूको हक र अधिकारका लागि यो कदम चालिएको बताएका छन्।

आज पहिलो दिन नेविसंघका तर्फबाट अध्यक्ष पदका उम्मेदवार सुल्तान मियाले रिले अनशनमा बसेका छन्। उनले स्ववियु निर्वाचनको मिति तोक्न र विद्यार्थीहरूको लोकतान्त्रिक अधिकार सुनिश्चित गर्न सरकार र सम्बन्धित निकायमाथि दबाब सिर्जना गर्न यो अनशन आवश्यक भएको बताए। “हाम्रो माग स्पष्ट छ – स्ववियु निर्वाचन समयमै होस्, विद्यार्थीहरूको आवाज दबाउन पाइँदैन,” मियाले भने।

नेविसंघले यो अनशनलाई क्याम्पस प्रशासन र सरकारको ध्यानाकर्षण गराउने माध्यमका रूपमा प्रयोग गरेको छ। सुशील भट्टले भने, “यो आन्दोलन केवल एउटा क्याम्पसको मात्र होइन, देशभरका विद्यार्थीहरूको साझा आवाज हो। हामीले एकताबद्ध भएर यो लडाइँ लड्नुपर्छ।”

रिले अनशनको पहिलो दिनमा विद्यार्थीहरूको उल्लेख्य सहभागिता देखिएको छ। नेविसंघले यो आन्दोलनलाई निरन्तरता दिने र माग पूरा नभएसम्म संघर्ष जारी राख्ने जनाएको छ। ग्रामीण आदर्श बहुमुखी क्याम्पसका विद्यार्थीहरूले पनि यो कदमको समर्थन गर्दै स्ववियु निर्वाचनको मागलाई जोड दिएका छन्।

Inside Article Ads
Visited 31 times, 1 visit(s) today
Above Samachar
यो पनि पढ्नुस

प्रतिक्रिया

Your email address will not be published.