
सुमित्रा भुजेल
बेसीशहरमा स्थानीय तहमा घट्ने आत्महत्या तथा आत्महानीका घटनालाई स्वास्थ्य व्यवस्थापन सुचना प्रणलीमा रेकर्डको महत्व विषयक १ दिने कार्यालय शाला गोष्ठी सञ्चालन गरिएको छ । समुदाय स्तरमा हुने आत्महत्या र आत्महानीको घटना सुचना प्राणलीमा ल्याउनका लागि गोष्ठी आयोजना गरिएको हो ।
गोष्ठीमा बेसीशहर नगरापपालिका, राईनास नगरपालिका, सुन्दरवजार नगरपालिका, मध्यनेपाल नगरपालिका र मस्र्याङ्दी गाउँपालिकाका गरी ५ वटा पालिकाका ओपीडी हेर्ने स्वास्थ्यकर्मी र नसर्ने रोग हेर्ने स्वास्थ्य कार्यक्रमका फोकल पर्सनहरुको सहभागिता रहेको थियो । ५ वटा पालिकामध्येमा चालु वर्षमा सुन्दरवजार नगरपालिकाबाट मात्रै आत्महत्या र आत्महानीको ४÷४ वटा घटनाहरुको रेकर्ड मात्र प्राप्त भएको र अन्य पालिकाबाट भने कुनै रेकर्ड प्राप्त नभएको प्रदेश जनस्वास्थ्य कार्यालय लमजुङका प्रमुख प्रविनकुमार खनालले बताउनुभयो ।
कार्यक्रममा प्रदेश जनस्वास्थ्य कार्यालय लमजुङका प्रमुख प्रविनकुमार खनालर कोषिशका सिनियर अफिसर महेन्द्र आचार्यलेआत्महत्या र आत्महानी दुवै घटना समुदायमा हानीको विषय भएकाले यसको समाधान गर्नका लागि रेकर्ड राख्न आवश्यक रहेको र यसबाट घटनाबारे जानकारी हुने लगायतका विषयमा बताउनुभएको थियो । गोष्ठीमा ५ वटा पालिका, प्रदेश अस्पताल लमजुङ, र जिल्ला प्रहरी कार्यालय लमजुङबाट सहभागि स्वास्थ्यकर्मी, सुरक्षाकर्मीले घटनाको बारेमा जानकारी गराउनुभएको थियो । पालिकाहरुमा तथा स्वास्थ्य संस्थामा आत्महत्या र आत्महानीको कुनै घटना आएको र आएता पनि अन्य विषयको घटना भनि पिडितले लुकाएकाले रेकर्ड राख्न समस्या भएको बताउनुभएको थियो ।
कार्यक्रम प्रदेश जनस्वास्थ्य कार्यालय लमजुङको प्रमुख प्रविणकुमार खनालको सहजीकरण गर्नुभएको कार्यक्रममा कोशिषका प्रोजेक्ट म्यानेजर, विनोद शाहलगायत कोषिशका कर्मचारीलगयातको उपस्थिति रहेको थियो ।
