
काठमाडौं, चैत्र ४ – बालविकास संस्था एनसीमासको आयोजनामा राष्ट्रिय स्तरको अवकास कार्यक्रम भव्य रूपमा सम्पन्न भएको छ। कार्यक्रमले बालबालिकाको सृजनात्मक तथा विश्लेषणात्मक क्षमताको अभिवृद्धि गर्दै आधुनिक शिक्षण विधिहरूको महत्व उजागर गरेको छ।
कार्यक्रमका प्रमुख अतिथि बागमती प्रदेशकी सामाजिक विकास मन्त्री हरि प्रभा खड्का श्रेष्ठ रहनुभएको थियो। उहाँले अवाकस शिक्षालाई देशभर लागू गर्नुपर्ने आवश्यकता औंल्याउँदै, आधुनिक शिक्षण विधिहरू बालबालिकाको समग्र विकासका लागि अनिवार्य रहेको बताउनुभयो। साथै, उहाँले अवाकस कार्यक्रमको प्रभावकारिता र यसको दीर्घकालीन फाइदाबारे प्रकाश पार्नुभयो।
कार्यक्रमको अध्यक्षता बाल विकास एनसीमास प्राइभेट लिमिटेडका सिइओ तेजु नेपालले गर्नुभएको थियो। तेस्तै बाल बिकास एनसिमास कि डाइरेक्टर सदिना खत्रीले स्वागत मन्तव्य राख्नुभएको थियो ।
विशिष्ट अतिथिका रूपमा गण्डकी प्रदेशकी सांसद टिकाकुमारी बस्याल रहनुभएको थियो। त्यस्तै, रे फाउन्डेशन इंडियाका अध्यक्ष, **प्रोनस एसिया ग्रुप (मलेसिया)**का कार्यकारी सचिव तथा **भ्वाइस एसिया न्यूज (मलेसिया)**का प्रधान सम्पादक कौशल कुमार को विशेष अतिथिको रूपमा उपस्थित हुनुहुन्थ्यो।
कार्यक्रममा ७२ विद्यालयका एक हजार एक सय एघार विद्यार्थीहरू सहभागी भएका थिए। उनीहरूलाई सृजनात्मक सोच, विश्लेषणात्मक क्षमता, र निर्णय शक्ति अभिवृद्धि गर्ने विभिन्न अभ्यासहरू गराइएको थियो।
एनसीमास प्राइभेट लिमिटेडका सिइओ तेजु नेपालले यो प्रतियोगिताबाट विश्व रेकर्ड कायम गर्ने लक्ष्य रहेको जानकारी दिनुभयो। उहाँका अनुसार, नेपालमै पहिलो पटक यति ठूलो संख्यामा विद्यार्थीहरूको सहभागितामा यस्तो शिक्षण पद्धति प्रयोग गरिएको छ।
त्यस्तै आजको अवाकस प्रतियोगिताले आसियन वर्ल्ड रेकर्ड राख्न सफल भएको छ। आसियन वर्ल्ड रेकर्डको सर्टिफिकेट पनि आजै बाल विकासमा संस्थालाई प्रदान गरिएको तेजु नेपालले बताउनुभयो।
आयोजकको अनुसार, कार्यक्रम उत्साहजनक र प्रभावशाली वातावरणमा सम्पन्न भएको थियो। सहभागीहरूबाट सकारात्मक प्रतिक्रिया प्राप्त भएको र भविष्यमा यस्ता कार्यक्रमलाई अझ व्यापक रूपमा सञ्चालन गर्ने योजनासमेत रहेको जनाइएको छ।