Fast Nepal News

राइनास बहुप्रविधिक शिक्षालयमा ‘प्राविधिक शिक्षाको आवश्यकता र महत्व’ विषयक अन्तर्क्रिया सम्पन्न

banner single news

 

लमजुङ, राइनास— प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (CTEVT) को आंगिक शिक्षालयका रूपमा रहेको राइनास बहुप्रविधिक शिक्षालय द्वारा आयोजित “प्राविधिक शिक्षाको आवश्यकता र महत्व” विषयक अन्तर्क्रिया कार्यक्रम सफलतापूर्वक सम्पन्न भएको छ।

 

कार्यक्रमको अध्यक्षता CTEVT गण्डकी प्रदेश कार्यालय प्रमुख श्री कल्प कुमार बस्नेतले गर्नुभएको थियो। प्रमुख अतिथिको रूपमा राइनास नगरपालिकाका प्रमुख श्री खड्का बहादुर गुरुङ रहनुभएको थियो भने विशेष अतिथिहरूमा जिल्ला शिक्षा अधिकारी बुद्ध बहादुर गुरुङ, राइनास नपा उपप्रमुख पुष्पराज खनाल, निवर्तमान नगर प्रमुख सिंग बहादुर थापा, जिल्ला शिक्षा तथा समन्वय इकाइ प्रमुख दिवाकर शर्मा, अनुसन्धान विभाग प्रमुख विष्णु पण्डित लगायतको उपस्थिति रहेको थियो।

 

त्यसैगरी, गोरखा पोलिटेक्निक इन्स्टिच्युट प्रमुख, ग्रामीण तालिम केन्द्र प्रमुख, विभिन्न विद्यालयका प्रधानाध्यापकहरू, सञ्चालक समिति सदस्यहरू, वडा अध्यक्षहरू, छिमेकी पालिकाका शिक्षा प्रमुखहरू, कृषि ज्ञान केन्द्र प्रतिनिधिहरू, PMAMP प्रतिनिधिहरू, सहकारीका अध्यक्षहरू, समाजसेवी, बुद्धिजीवी, राइनास नगरपालिकाका वडा सदस्यहरू तथा शिक्षालयका सम्पूर्ण कर्मचारीहरूको समेत उपस्थिति रहेको थियो।

 

Inside Article Ads

शिक्षालयका प्रमुख कृष्ण देवकोटाले शिक्षालयको गतिविधि तथा भविष्यका योजनाबारे प्रस्तुतिकरण दिनुभएको थियो। कार्यक्रमको सञ्चालन सुमन अधिकारी र सुवास सिग्देलले गर्नुभएको थियो भने प्राविधिक सहयोगीका रूपमा सरोज घिमिरे रहनुभएको थियो।

 

अन्तर्क्रियाका क्रममा विभिन्न विशिष्ट व्यक्तित्वहरूले प्राविधिक शिक्षाको आवश्यकताबारे आफ्नो धारणा व्यक्त गरेका थिए। मन्तव्य राख्ने महानुभावहरूमा टीकाराम तिमिल्सेना, नगेन्द्र कोइराला, विष्णु पण्डित, विष्णु बराल, दुर्गा बहादुर गुरुङ, शिव शंकर नराल, मिलन देवकोटा, अनन्त त्रिपाठी, नुर महम्मद मियाँ, सिंग बहादुर थापा, दिवाकर शर्मा, पुष्पराज खनाल, बुद्ध बहादुर गुरुङ, खड्का बहादुर गुरुङ र कल्प कुमार बस्नेत रहनुभएको थियो।

 

उक्त कार्यक्रमले प्राविधिक शिक्षाको महत्व उजागर गर्दै शिक्षालयको समग्र विकासमा टेवा पुर्याउने लक्ष्य राखेको आयोजक पक्षले जनाएको छ।

Visited 96 times, 1 visit(s) today
Above Samachar
यो पनि पढ्नुस

प्रतिक्रिया

Your email address will not be published.