Fast Nepal News

काठमाडौंमा सम्पन्न हस्तलेखन प्रतियोगिताले आसियान विश्व कीर्तिमान कायम गर्यो

banner single news

नेपालले शैक्षिक क्षेत्रमा अर्को ऐतिहासिक सफलता हात पारेको छ। बाल विकास एन.सि.मास प्रा. लि. ले आयोजना गरेको “सबैभन्दा ठूलो हस्तलिपि प्रतियोगिता” ले आसियान विश्व कीर्तिमान कायम गर्न सफल भएको हो।
२१ डिसेम्बर २०२४ मा काठमाडौंमा सम्पन्न यस ऐतिहासिक प्रतियोगितामा देशभरका १५० विद्यालयका ५,०५३ विद्यार्थीहरू सहभागी भएका थिए। हस्तलिपि शिक्षाको प्रवर्द्धन गर्ने उद्देश्यले आयोजित यस प्रतियोगिताले विद्यार्थीहरूमा लेखाइ सुधार्ने मात्र नभई, अनुशासन, धैर्य र सिर्जनशीलताको महत्व उजागर गरेको छ।
यस प्रतियोगिताले शिक्षालाई अन्तर्राष्ट्रिय स्तरमा पुर्‍याउने प्रयास गरेको छ ।प्रतियोगिताको आयोजना गरेको बाल विकास एन.सि.मास प्रा. लि. ले नेपालका विद्यार्थीहरूको प्रतिभा विश्वमञ्चमा चिनाउन तथा हस्तलिपि जस्ता आधारभूत शैक्षिक सीपहरूको स्तर उन्नत बनाउन यो अभियान महत्वपूर्ण रहेको बताएको छ। संस्थाका प्रमुख तेजु नेपालले नेपालमा गुणस्तरीय शिक्षाको प्रवर्द्धन गर्दै अन्तर्राष्ट्रिय कीर्तिमान कायम गर्नु ठूलो गर्वको विषय भएको उल्लेख गर्नुभएको थियो ।
२१ डिसेम्बर २०२४ मा भएको सो प्रतियोगितामा सहभागी विद्यार्थीहरू मात्र नभई शिक्षक र अभिभावकहरूको समेत उल्लेखनीय सहयोग रहेको थियो । अभिभावकहरूले पनि आफ्ना सन्तानको लेखाइ सुधारका लागि यस्तो प्रतियोगिता प्रेरणादायी रहेको प्रतिक्रिया दिएका थिए ।
यस प्रतियोगिताले नेपाललाई अन्तर्राष्ट्रिय शैक्षिक जगतमा थप उचाइमा पुर्‍याएको एन.सि.मास प्रालीको भनाइ छ । विद्यार्थीहरूलाई लेखाइ सुधार्ने अवसर प्रदान गर्दै, उनीहरूको आत्मविश्वास अभिवृद्धि गर्ने उद्देश्य पनि प्रतियोगिताको एक प्रमुख पक्ष रहेको थियो।
प्रतियोगिताको सफलतासँगै, आयोजक संस्था बाल विकास एन.सि.मास प्रा. लि. ले भविष्यमा यस्ता शैक्षिक कार्यक्रमहरूलाई अझ विस्तार गर्ने योजना बनाएको प्रमुख तेजु नेपाल बताउनुभयो । हस्तलिपि मात्र नभई अन्य शैक्षिक तथा मानसिक विकाससँग सम्बन्धित गतिविधिहरूलाई पनि प्रोत्साहित गरिने आयोजकले जनाएको छ।
नेपालको शैक्षिक क्षेत्रलाई नयाँ पहिचान दिने यस ऐतिहासिक उपलब्धिले भविष्यका विद्यार्थीहरूलाई हस्तलिपि र शैक्षिक उत्कृष्टताको महत्व बुझ्न प्रेरित गर्ने विश्वास संस्थाले गरेको छ।

Inside Article Ads
Visited 64 times, 1 visit(s) today
Above Samachar
यो पनि पढ्नुस

प्रतिक्रिया

Your email address will not be published.