Fast Nepal News

महिलालाई आत्मनिर्भर बनाउन अलैँचीको रेसाबाट सामग्री बनाउने तालिम

banner single news

लमजुङका महिलालाई आत्मनिर्भर बनाउन अलैँचीको रेसाबाट हस्तकला सामग्री बनाउने तालिम प्रदान गरिएको छ । जिल्लामा प्रसस्त खेति हुने अलैँचीको रेसाबाट विभिन्न सामग्री बनाउन महिलालाई तालिम दिइएको हो ।
प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना,परियोजना कार्यान्वयन एकाइ लमजुङ( मनाङ ) ले अलैंची उप–उत्पादनबाट सामाग्री बनाउने जिल्लास्तर ५ दिने तालिम यहाँका १० जना महिलालाई दिएको हो । यस परियोजना कार्यालयका निमित्त कार्यालय प्रमुख हरिबहादुर मिजारले जिल्लाका मस्र्याङ्दी गाउँपालिका र क्व्होलासोथर गाउँपालिकाका महिलालाई सो तालिम प्रदान गरिएको बताउनुभयो । उहाँले भन्नुभयो, जिल्लामा अलैँची मात्र विक्री भइरहेका छन्, अलैँचीको लाप्राहरु खेर गइरहेका छन् यसको पनि सदुपयोग गर्दै लाप्रालाई स्थापित गर्न, रोजगारी सिर्जना गर्न, होमस्टेहरुमा विक्री गर्न र गाउँले पसलहरुमा विक्री गरेर आम्दानी गर्नका लागि महिलाहरुलाई तालिम दिएका छौँ ।
यस तालिम बढी प्रभावकारी हुने देखिएकाले उनीहरुलाई तालिम दिएको र यसलाई उद्यमी बनाउने उहाँको भनाई छ । उहाँले चालू वर्षको वार्षिक कार्यक्रम अन्तर्गत १ लाख २० हजार रुपैयाँ बजेटबाट तालीम प्रदान गरेको बताउनुभयो । तालिममा सहभागि महिलाहरुलाई नैनकला गुरुङले प्रयोगात्मक रूपमा अलैंचीको लाक्राबाट पेन्सिल बक्स, पर्स, ब्याग,झन्डा लगायतका सामाग्री बनाउन प्रशिक्षण दिनुभयो । हाम्रो बारीमा हामीले २० वर्षअघि देखि करिब ११ हल लाग्ने जमिनमा अलँैची खेति गर्दै आएका छौँ, अलँैची लाप्राहरु हामीले कुहियाएर त्यसै फाल्दै आयौँ तर अहिले तालिम लिएपछि यसको सदुपयोग गर्न सके यसबाट पनि विभिन्न हस्तकला सामग्री बनाउन सकिने र आम्दानी पनि हुने रहेछ मस्र्याङ्दी गाउँपालिका ७ छिनखोलाका सुनमया तामाङले भन्नुभयो ।
अब गाउँलेलाई पनि त्यसरी नै सिकाउने र खेर गइरहेको अलैँचीको लाप्राको सदुपयोग गर्दै आम्दानी गर्न गाउँलेलाई सल्लाह दिने उहाँको भनाई छ । उहाँले टि म्याद, पेन होल्डर, टोपी, चम्पल, व्यागलगायतका सामग्री बनाउन सिके, यी सबै सामग्री हामीले बजारबाट किनेर प्रयोग गर्दै आएका छाँै अब यस्ता सामग्री घरमा बसीबसी आफैँ बनाएर विक्री गरेर आम्दानी गर्ने बताउनुभयो ।
त्यस्तै, क्व्होलासोथर गाउँपालिका वडा नं. ६ पसगाउँका टकमाया गुरुङले भन्नुभयो,  अलैँचीबाट सामगी बनाउने मलाई त थाहा नै थिएन, सियो नि नचलाउने मान्छेहरु हामी त अझै अलँैची पकाएर धाको निकालेर सामग्री बनाउने होला जस्तो लाग्थ्यो, तर अहिले आफै तालिम लिएपछि सबै कुरा बुझ्ने जान्ने भए ।
अब फाल्ने गरेको अलैँचीको लाप्राहरुबाट रेसा निकालेर विभिन्न सामग्री बनाएर विक्री वितरण गरेर आम्दानी गर्नेछु उहाँले भन्नुभयो । तालिम समापन कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै जिल्ला समन्वय समिति लमजुङका प्रमुख पुर्णबहादुर गुरुङले तालिमले महिलालाई सीप सिकाएर आत्मनिर्भर बनाउन टेवा पु¥याएको बताउनुभयो । गाउँघरमै बसेर खेर गएको बोट विरुवाबाट विभिन्न सामग्री बनाएर आम्दानी गर्न सकिने भएकाले यसको लाभ उठाउन उहाँले आग्रह गर्नुभयो ।  जिल्लाका किसानले अलैँची दाना विक्री गरेर मात्र यस वर्ष २२ करोड आम्दानी गरेका छन् । यतिका आम्दानी गरेका अलैँचीका बोट त्यसै खेर गइरहेपनि अब सामग्री बनाउन उनीहरुले सिप सिकेसँगै यसबाट पनि राम्रो आम्दानी गर्ने भएका छन् ।

Inside Article Ads
Visited 63 times, 1 visit(s) today
Above Samachar
यो पनि पढ्नुस

प्रतिक्रिया

Your email address will not be published.