Fast Nepal News

प्रहरी अतिरिक्त महानिरीक्षक टेक बहादुर तामाङको प्रमुख आतिथ्यतामा शान्ति सुरक्षा सम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न

banner single news

 

काठमाडौं, सामुदाय प्रहरी साझेदारी अभियान अन्तर्गत माघ ०५ गते प्रहरी वृत्त मालीगाउँ, प्रहरी वृत्त महाराजगंज र सामुदायिक सेवा केन्द्र तथा सामुदायिक प्रहरी सेवा केन्द्र, टुँडालदेवी काठमाडौंको संयुक्त आयोजनामा शान्ति सुरक्षा सम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । काठमाडौं महानगरपालिका वडा नं ४ मा अवस्थित बैष्णबी टुँडालदेवी माताको मन्दिरको प्राङ्गणमा काठमाडौं उपत्यका प्रहरी कार्यालय रानीपोखरीका प्रमुख, प्रहरी अतिरिक्त महानिरीक्षक टेक बहादुर तामाङको प्रमुख आतिथ्यता तथा सामुदायिक सेवा केन्द्र तथा सामुदायिक प्रहरी सेवा केन्द्र, टुँडालदेवी काठमाडौंका अध्यक्ष रामप्रसाद न्यौपानेको अध्यक्षतामा अन्तक्रिया कार्यक्रम सम्पन्न भएको हो ।

अन्तरक्रिया कार्यक्रममा उठेका प्रश्न तथा गुनासाहरूलाई सम्बोधन गर्नुहुँदै प्रहरी अतिरिक्त महानिरीक्षक तामाङले समाजमा शान्ति सुरक्षा तथा अमन चयन कायम गर्नुका साथै समाजमा रहेका कुरीति तथा विसंगतिहरुलाई चिर्न नागरिकको भुमिका पुलको रुपमा रहेको हुनाले यस्ता कार्यक्रम अत्यन्तै महत्वपूर्ण हुने चर्चा गर्दै आगामी दिनहरुमा समुदाय एवम् विद्यालयस्तरमा समेत यस्ता कार्यक्रममा तिव्रता गर्नु पर्नेमा विशेष जोड दिनुभयो । शान्तिपूर्ण एवं सुरक्षित समाजका लागि सामुदायिक प्रहरी साझेदारीको अवधारणा बमोजिम सामुदाय र प्रहरीको हातेमालो गर्दै प्रहरीलाई सूचना दिने तथा गलत प्रवृति देखेमा त्यसलाई नियन्त्रण गर्नको लागि सुझाव तथा सल्लाह दिई अपराध नियन्त्रण र अनुसन्धान कार्यमा सहयोग गर्न नागरिकलाई अनुरोध गर्दै प्रहरी र नागरिकले एक आपसमा सहयोग, सहकार्य एवम् समन्वयले मात्र समाजमा शान्ति सुरक्षमा थप मजबुत हुने बताउनु भयो ।

साथै प्रविधि मैत्री प्रहरीको अबधारणा अन्तर्गत प्रविधिको यथोचित प्रयोग गर्दै काठमाडौं उपत्यका प्रहरी कार्यालय र मातहतका प्रहरी कर्मचारीले परिवर्तित समाजमा नागरिकलाई समायानुकुल व्यवहार गर्दै सुरक्षा प्रदान गरिनेबारे जानकारी समेत गराउनुभयो ।

कार्यक्रममा नेपाल सरकारका पूर्व सचिव श्याम मैनालीले अन्तरक्रिया कार्यक्रमको महत्व बारे आफ्नो मन्तव्य व्यक्त गर्नुभएको थियो । सो अवसरमा जिल्ला प्रहरी परिसर काठमाडौंका प्रमुख प्रहरी वरिष्‍ठ उपरीक्षक बसन्त रजौंरेले प्रहरी कार्य सम्बन्धी उठेका जिज्ञासाहरुको निरुपरण गर्नुभएको थियो । मन्तव्यका क्रममा उहाँले अपराध नियन्त्रणका लागि प्रहरीले विभिन्न रणनीतिहरू अवलम्बन गरिरहेको जानकारी गराउँदै सामुदायिक सहभागिता थप प्रभावकारी हुनेमा विश्वास व्यक्त गर्नुभयो।

Inside Article Ads

सामुदायिक सेवा केन्द्र तथा सामुदायिक प्रहरी सेवा केन्द्र, टुँडालदेवी काठमाडौंका अध्यक्ष राम प्रसाद न्यौपानेले प्रहरी र समुदायबीचको सहकार्यले मात्र अपराधिक घटनाहरूलाई न्यून गर्न सकिने बताउँदै, यस्तो कार्यक्रमले शान्ति सुरक्षा स्थापनामा नयाँ आयाम थप्ने विश्वास व्यक्त गर्नुभयो।

कार्यक्रममा काठमाडौं महानगरपालिका वडा नं ४ का अध्यक्ष दिनेश महर्जनले प्रहरी र वडाबीच सधैं समन्वयात्मक सम्बन्ध रहेको उल्लेख गर्दै यस प्रकारका कार्यक्रमले आपसी समझदारीलाई थप मजबुत बनाउने बताउनुभयो।

उक्त कार्यक्रममा संविधान सभा सदस्य रमा गुराँगाई, पूर्व प्रहरी अतिरिक्त महानिरीक्षक अमर सिंह शाह, पूर्व प्रहरी अतिरिक्त महानिरीक्षक निरज बहादुर शाही, पूर्व प्रहरी नायब महानिरीक्षक हेमन्त मल्ल जस्ता विशिष्ट व्यक्तित्वहरू सहभागी हुनुहुन्थ्यो।

कार्यक्रममा विभिन्न संघसंस्था, स्थानीय क्लब, टोल सुधार समिति, उपभोक्ता समिति, र महिला समूहका प्रमुख तथा प्रतिनिधिहरू, स्थानिय जनप्रतिनिधिहरू, प्रहरी कर्मचारीहरू, पूर्व प्रहरी कर्मचारीहरू, सामुदायिक सेवा केन्द्रका पदाधिकारीहरू, विद्यार्थी बालबालिका, शिक्षक र स्थानीय भद्र भलादमीहरू लगायतको उल्लेखनीय उपस्थिति थियो। कार्यक्रमले प्रहरी, समुदाय, र सरोकारवालाहरूबीच समन्वयात्मक सम्बन्धलाई अझ बलियो बनाउने अपेक्षा गरिएको छ। काठमाडौँ महानगरपालिका वडा नं ४ मा विशालनगर, चण्डोल, चुनदेवी, वालुवाटार, पञ्चकन्या, गणेशवस्ती, चप्पल कारखाना, प्रगती टोल, धुम्बाराही, रारामार्गलगायतका क्षेत्र पर्दछन् ।

Visited 19 times, 1 visit(s) today
Above Samachar
यो पनि पढ्नुस

प्रतिक्रिया

Your email address will not be published.