Fast Nepal News

रमाइलो कथामा अर्गानिक चलचित्र ‘जनै हराएको बाहुन’ घोषणा

banner single news

 

काठमाडौ ।नयाँ कथा र आकर्षक नाम बोकेर पेपरक्लिप प्रालिले चलचित्र ‘जनै हराएको बाहुन’ निर्माण गर्ने घोषणा गरेको छ। यसको निर्देशकको जिम्मेवारी हिमाल न्यौपानेले सम्हाल्ने भएका छन्।

यो चलचित्रले गाउँबाट सहर आएका एक सरल व्यक्तिले भोग्नुपरेका अनपेक्षित परिस्थिति र त्यसले उनको जीवनमा ल्याएको परिवर्तनलाई केन्द्रमा राख्नेछ। निर्माण कम्पनीका बिमल न्यौपानेका अनुसार यो चलचित्रले दर्शकलाई एक अनौठो र रोमाञ्चक यात्रामा लैजानेछ।

Inside Article Ads

लामो समयदेखि नेपाली चलचित्र क्षेत्रमा सक्रिय रहेका निर्देशक हिमाल न्यौपानेले यो चलचित्र आफ्नो लागि सपना पूरा गर्ने अवसर भएको बताए। उनले यसअघि केही वृत्तचित्र र लघु चलचित्र निर्देशन गरिसकेका छन्। ‘जनै हराएको बाहुन’ भने उनको पहिलो व्यावसायिक चलचित्र हो।

यस चलचित्रको कथा,पठकथा र संवाद भने भानुभक्त ढकालले लेखेका हुन् । चलचित्रका लागि कलाकार र अन्य प्राविधिक टोलीको बारेमा केही दिनभित्रै सार्वजनिक गरिने बताइएको छ। यो वर्षको अन्त्यसम्ममा छायाङ्कन सुरु गर्ने लक्ष्य राखिएको यो चलचित्र २०८२ सालमा दर्शकमाझ आउने अपेक्षा गरिएको छ। बिजय बरालले मुख्य कलाकारका रुपमा अभिनय गर्ने पक्कापक्की छ।

Visited 18 times, 1 visit(s) today
Above Samachar
यो पनि पढ्नुस

प्रतिक्रिया

Your email address will not be published.