Fast Nepal News

हुनेले दिएर जाउँ, नहुनेले लिएर जाउँ’ अभियान अन्तर्गत सहयोग वितरण

banner single news

 

काठमाडौं, मंसिर २४, २०८१
संवेदनशील सामाजिक अभियान ‘हुनेले दिएर जाउँ, नहुनेले लिएर जाउँ’ अन्तर्गत संखुवासभा जिल्लाका विकट चिचिला र सिलिचोङ गाउँपालिकाका बालबालिकालाई सहयोग वितरण गरिएको छ।

चिसो मौसमको सुरुवातसँगै विद्यालय पोशाकमा कठोर चिसोसँग जुध्दै अध्ययनरत बालबालिकाका लागि अभियानले करिब ३० बोरा न्यानो कपडा संकलन गरी २५ सय जनालाई वितरण गरेको छ। अभियानले स्थानीय जनप्रतिनिधिहरूको सहकार्य र राजधानी काठमाडौं, ललितपुर, भक्तपुरका विभिन्न स्थानबाट संकलित सहयोगमार्फत यो महत्त्वपूर्ण कार्य सम्पन्न गरेको हो।

अभियानका मुख्य सहभागिहरू

अभियानलाई ओपन खबर मिडिया प्रालीले नेतृत्व गरेको छ। यसमा संस्थाका अध्यक्ष मोहनकृष्ण अधिकारी, सल्लाहकार अनुराग कुँवर, संयोजक सुरेश मानसिंह कुँवर, कृष्णराज तिमिल्सिना, र रामेश्वर ढकालले विशेष भूमिका निर्वाह गरेका छन्।

सहयोगी संस्था र व्यक्ति

यस पुण्य कार्यमा विभिन्न संस्थाहरूको योगदान महत्त्वपूर्ण रह्यो। सहयोग गर्नेमा:

नेपाल लाइफ रिकुमेन्ट एजेन्सी प्रा.लि, गौशाला

रोयल सा सा र्फमासिटिकल्स प्रा.लि, बुद्धनगर

एक लभ्य भिजन स्कुल परिवार, कीर्तिपुर

जी.एच. मेडिहेल्थ कन्सन प्रा.लि, बुद्धनगर

Inside Article Ads

यूनिक टेलर्स, डिल्लिबजार

लिटिल आइन इस्टाइन प्रि स्कुल, कीर्तिपुर

भह्यापी आवर प्रि स्कुल, कीर्तिपुर

व्यक्तिगत सहयोगकर्ताहरूमा:
एस मिन ढुङ्गाना (बानेश्वर), चन्दा खतीवडा (कोटेश्वर), बिनिता स्थापीत (नयाँबजार), उत्सव ढुङ्गाना (कलंकी), अप्सरा ओझा (लोलाङ) लगायत थुप्रै सहयोगी मनहरू सामेल भएका छन्।

स्थानिय जनप्रतिनिधिको धारणा

गाउँपालिकाका अध्यक्षहरूले यो सहयोगलाई अत्यन्तै महत्त्वपूर्ण भन्दै सामाजिक सत्कार्यका लागि यस प्रकारका अभियानहरूको आवश्यकतामा जोड दिएका छन्।

सामाजिक सन्देश

सामाजिक सहयोगले मात्र असल समाजको निर्माण हुने उल्लेख गर्दै अभियानका संयोजकहरूले भविष्यमा पनि यस्ता कार्यलाई निरन्तरता दिने प्रतिवद्धता व्यक्त गरेका छन्। “सामाजिक सद्भाव र मानवता प्रवर्द्धनका लागि हुनेले दिने र नहुनेले पाउने प्रणाली अपनाउनुपर्छ,” उनीहरूले भने।

https://www.facebook.com/share/v/14CbehPwq9/

 

Visited 34 times, 1 visit(s) today
Above Samachar
यो पनि पढ्नुस

प्रतिक्रिया

Your email address will not be published.