Fast Nepal News

 नेपाल टेलिकमका श्रमिकहरूको धर्ना कार्यक्रम सुरु

banner single news

काठमाडौं, कार्तिक १४ नेपाल टेलिकममा विगत २३ वर्षदेखि कार्यरत २९ जना सरसफाई श्रमिकहरूको निष्कासनको विरुद्धमा आजदेखि धर्ना कार्यक्रम सुरु भएको छ। धर्ना कार्यक्रम बबरमहलस्थित नेपाल टेलिकम कार्यालयमा आयोजित गरिएको हो।

कार्यक्रमको मुख्य नारा “संसारका मजदुर एक होऔं!”, “निष्कासित श्रमिक पुनःबहाली गर!”, र “ठेकेदारी प्रथा (आउटसोर्स) खारेज गर!” रहेको छ। धर्ना आयोजक अखिल नेपाल सरसफाई मजदुर संघ र नेपाल टेलिकम ईकाइ समिति बबरमहलले निष्कासित श्रमिकहरूको पुनःबहाली र ठेकेदारी प्रथाको अन्त्यको माग गर्दै आन्दोलन थालेका हुन्।

मजदुर संघका प्रतिनिधिहरूले ठेकेदारी प्रथाका कारण श्रमिकहरू रोजगार सुरक्षाबाट वञ्चित भएको र विगत दुई दशकभन्दा बढी समयदेखि सेवा दिँदै आएका श्रमिकहरूको निष्कासन अन्यायपूर्ण भएको बताएका छन्।

Inside Article Ads

आयोजकहरूले श्रमिकहरूको पुनःबहालीको माग सम्बोधन नभएसम्म धर्ना जारी राख्ने चेतावनी दिएका छन्। उनीहरूले श्रमिकहरूको योगदानलाई सम्मान गर्दै, उनीहरूको रोजगारी सुरक्षाका लागि राज्य र संस्थाले जिम्मेवारी लिनुपर्ने बताउँदै श्रमिकहरूको हकहितका लागि सरकार र सम्बद्ध निकायसँग वार्ता गर्ने तयारीमा रहेको उल्लेख गरेका छन्।

नेपाल टेलिकम प्रशासनले भने यसबारेमा कुनै आधिकारिक प्रतिक्रिया दिएको छैन।सडक र कार्यालय क्षेत्रमा श्रमिकहरूको नाराबाजीले वातावरण गर्माएको देखिन्थ्यो। यस आन्दोलनले सरसफाई श्रमिकहरूको न्याय र सम्मानको लडाइँलाई थप सशक्त बनाउने विश्वास राखिएको छ।

Visited 83 times, 1 visit(s) today
Above Samachar
यो पनि पढ्नुस

प्रतिक्रिया

Your email address will not be published.