Fast Nepal News

शेयर बजार दोहोरो अंकले बढ्यो, १० अर्बको कारोबार

banner single news

काठमाडाैं । साताको अन्तिम कारोबार दिन बिहीबार नेप्से परिसूचक १३.९५ अंकले बढेर २ हजार ७४८.७८ विन्दुमा आइपुगेको छ । अघिल्लो दुई लगातार घटेको बजार यो दिन दोहोरो  बढेकाे हो । धितोपत्र र ऋणपत्रगरी ३२१ कम्पनीको २ करोड १६ लाख ६० हजार कित्ता शेयर किनबेचहुँदा १० अर्ब ३२ करोड रुपैयाँको कारोबार भएको छ । सर्वाधिक कारोबार हुने कम्पनीमा जानकी फाइनान्स, न्यादी ग्रुप पावर, समृद्धि फाइनान्स कम्पनी, नेपाल फाइनान्स र पिपुल्स हाइड्रो पावर कम्पनीको १९ करोड ७६ लाख रुपैयाँदेखि ३५ करोड २४ लाख रुपैयाँको कारोबार भएको छ ।

त्यस्तै बढेको बजारमा गुराँश लघुवित्त वित्तीय संस्था, स्वाभिमान लघुवित्त वित्तीय संस्था अपर हेवाखोला हाइड्रो पावर कम्पनीको शेयर मूल्य १० प्रतिशतले बढेर सकारात्मक सर्किट लागेको छ । न्यादी ग्रुप पावर र माछापुच्छ्रे बैंकको मूल्य ९.५६ प्रतिशतदेखि ९.७९ प्रतिशतले बढेको छ । रेवा इनर्जी डेभलपमेन्ट, कुथेली बुखरी स्मेल हाइड्रो पावर,पिपुल्स हाइड्रो पावर कम्पनी, सुपर माइ हाइड्रो पावर, समृद्धि फाइनान्स कम्पनीको ४.३६ प्रतिशतदेखि ९.१२ प्रतिशतले घटेको छ ।

Inside Article Ads

यो दिन कारोबारमा आएका १३ वटा समूहको सूचकमध्ये ६ कम्पनीको शेयर मूल्य घट्दा ७ वटा समूहको सूचक बढेको छ । वाणिज्य बैंक, जलविद्युत समूह र विकास बैंकमा लगानीकर्ता झुम्मिएका छन् ।

Visited 7 times, 1 visit(s) today
Above Samachar
यो पनि पढ्नुस

प्रतिक्रिया

Your email address will not be published.