Fast Nepal News

तेमाल क्षेत्रका बाढी पिडितलाई नगद एवं खाद्यान्न वितरण

banner single news

काठमाडौं । पछिल्लो समय नेपाली समाजमा बिभिन्न प्राकृतिक तथा दैविक प्रकोपबाट विक्षिप्त भई पिडित बनेको परिवारलाई तत्कालरुपमा राहत पुगोस् भनेर समाजमा कृयाशिल सामाजिक संघ संस्थाहरुको सकृयतामा राहत वितरण गर्ने कार्यहरु बढ्दै गएको छ । यसै अनुरुप काभ्रेपलान्चोक जिल्ला तेमाल गाउँपालिका अन्तर्गत ठुलो पर्सेलको युवाहरु र युवा क्लवद्धारा तेमाल गाउँपालिकाका बाढी पिडितलाई नगद तथा खाद्यान्न वितरण गरिएको छ ।

असोज ११ र १२ गतेको अविरल बर्षाका कारण आएको बाढी पहिरोले क्षती पुर्याएको काभ्रे तेमाल ठुलोपर्सेलका पीडितहरुलाई आर्थिक सहयोगका लागि काभ्रे तेमाल ठूलो पर्सेलका युवाहरु राज लामा, मान बहादुर तामाङ(सिजन लामा), डेनी तामाङ र मुक्ते लामाको पहलमा ठूलो पर्सेल युवा क्लबको साझेदारिमा संकलित रु ७,५४,८३५÷हस्तान्तरण गरिएको छ । राहत वितरणको लागि अभियान चलाएर काभ्रे तेमालका युवाहरुले संकलन गरेको रकम ७,५४,८३५ रुपैयाँ साथै दाल, चामल, तेल, नुन जस्ता खाद्यन्न सामग्री समेत पिडितहरुलाई हस्तान्तरण गरिएको हो ।

Inside Article Ads
Visited 35 times, 1 visit(s) today
Above Samachar
यो पनि पढ्नुस

प्रतिक्रिया

Your email address will not be published.