काठमाडौं महानगरपालिकाले नागरिकलाई पहुँचयुक्त, पारदर्शी, र उत्तरदायी सेवा प्रदान गर्ने उद्देश्यसहित प्रविधिमा आधारित ‘एकल सेवा केन्द्र’ सुरु गरेको छ। महानगरको उपप्रमुख सुनिता डंगोलले आज यो केन्द्रको उद्घाटन गर्दै सबै सेवाहरू एकीकृत स्थानबाट प्राप्त गर्न सकिने बताइन्।
यस केन्द्रमा नागरिकले सेवा प्राप्त गर्ने प्रक्रिया, आवश्यक कागजात, र भेट्नु पर्ने अधिकारीहरूको जानकारी पाउने छन्। सेवाग्राहीले यो केन्द्रबाट टोकन प्राप्त गरेपछि मात्र सम्बन्धित विभागबाट सेवा पाउने व्यवस्था गरिएको छ। यसबाट सेवाग्राहीले समय बचत गर्ने र प्रक्रियामा पारदर्शिता कायम रहने अपेक्षा गरिएको छ।
महानगरपालिकाले आगामी दिनमा यस केन्द्रलाई थप पहुँचयुक्त बनाउन सांकेतिक भाषाका अनुवादकहरूको व्यवस्था गर्ने योजना पनि बनाएको छ।