काठमाडौँ । राष्ट्रिय मुक्ति पार्टी नेपालका अध्यक्ष राजेन्द्र महतोले स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपालीलाई दिपावली तथा विविध पर्वको अवसरमा हार्दिक शुभकामना व्यक्त गरेका छन्। उनले लक्ष्मीपूजा, दिपावली, म्ह पूजा, स्वन्ती नखः, नयाँ नेपाः सम्बत तथा मधेश क्षेत्रमा मनाइने दियावाती, शुक्राती, हुकाबाती र भरदुतिया पर्वहरूको अवसरमा नेपाली समुदायको सुख, शान्ति, समृद्धि, सुस्वास्थ्य, दीर्घायु र उत्तरोत्तर प्रगतिको कामना गरेका छन्।
राजनीतिक सिद्धान्तमा स्वदेशवाद, बहुलराष्ट्रवाद, र सामुदायिक समाजवादलाई आत्मसात गर्दै राष्ट्रिय मुक्ति पार्टीले समस्त नेपालीलाई एकतामा बाँध्ने प्रेरणाको रूपमा यो शुभकामना व्यक्त गरिएको महतोले जनाएका छन्।
२०७८/०७/१५, केन्द्रीय कार्यालय, काठमाडौँ