Fast Nepal News

बाढीपहिरो पिडितलाई कलाकार संघको राहत सहयोग

banner single news

नेपाल चलचित्र कलाकार संघले बाढीपहिरो पीडित परिवारलाई राहत वितरण गरेको छ । असोज दोस्रो साता आएको भारी बर्षा र बाढीपहिरो पीडितका लागि सोमबार संघले कम्बल वितरण गरेको छ । ललितपुरको गोदावरी नगरपालिका वडा नम्बर ३ का पीडित परिवारलाई संघले ८५ थान कम्वल वितरण गरेको हो ।
संघका महासचिव तथा अन्तर्राष्ट्रिय समन्वय समिति संयोजक सविन श्रेष्ठको समन्वयमा नेपाल कलाकार संघ अमेरिका शाखा अध्यक्ष दिनेश कार्की सहितको टिमले कम्बल खरिद गर्न १ लाख ४१ हजार ५ सय ६८ रुपैंयाँ ६५ पैसा रकम पठाएका थिए । गणेश उप्रेती, राहुल केसी, सुवाश थापा, विश्व पौडेल, इन्द्र खनाल, रवि श्रेष्ठ, मोहन कार्की, कृष्ण प्रधान, अरुण कार्की, सुन्दर श्रेष्ठ, सुमन कुमार दाहाल, पुष्कर पन्त, कृष्ण मुरारी ढुंगेल, गोपाल चन्द्र लामिछाने, प्रवेश उप्रेती, दिनेश कार्की लगायतले आर्थिक सहयोग गरेको संघले जनाएको छ ।
संघका अध्यक्ष मोहन निरौला, निवर्तमान अध्यक्ष रविन्द्र खड्का, महासचिव सविन श्रेष्ठ, सचिव रामेश्वर बुर्लाकोटी, सह–कोषाध्यक्ष पवित्रा आचार्य, सदस्य गोपाल ढकाल छन्दे,पुकार भट्टराई लगायत राहत वितरणमा खटिएका थिए । संघ सदैव सामाजिक काममा सक्रिय रहदै आएको र सोही अनुरुप बाढीपहिरो पीडित परिवारलाई कम्वल वितरण गरिएको अध्यक्ष निरौलाले बताए ।
संघ कलाकारहरुको हकअधिकारका लागि मात्र हैन् आगामी दिनमा समेत समाजसंग नजिक रहेर सामाजिक काममा हालेमालो गरिरहेको अध्यक्ष निरौलाले सुनाए ।सामाजिक भावनाले प्रेरित भई सामाजिक कार्यमा कलाकार संघ सदैव अगाडि रहने संघका सदस्य गोपाल ढकाल छन्देले बताए। कलाकार संघ दुखको समयमा साथी बन्न पाउँदा आभार रहेको संयोजक सबिन श्रेष्ठ बताउँछन् ।

Inside Article Ads
Visited 45 times, 1 visit(s) today
Above Samachar
यो पनि पढ्नुस

प्रतिक्रिया

Your email address will not be published.