
काठमाडौं । बागमती प्रदेशमा दुलाल बन्धु सेवा समाजको दोस्रो अधिवेशन सम्पन्न भएको छ। मिति २०८१ मङ्सिर १० गते सम्पन्न अधिवेशनले अध्यक्षमा जयराम दुलालको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरेको हो।
यस नयाँ कार्यसमितिमा बरिष्ठ उपाध्यक्षको जिम्मेवारी निल प्रसाद दुलाललाई, महिला उपाध्यक्षको जिम्मेवारी रिता दुलाललाई, उपाध्यक्षको जिम्मेवारी भूमिनन्द दुलाल र टंक प्रसाद दुलाललाई दिइएको छ। महासचिवको जिम्मेवारी गोविन्द दुलाललाई दिइएको छ भने सचिवमा अर्जुन प्रसाद दुलाल र सह सचिवमा मुरारी उपाध्याय दुलाल चयन भएका छन्।
कोषाध्यक्षको रूपमा सुदन दुलालले जिम्मेवारी सम्हाल्ने भएका छन् भने कार्यसमिति सदस्यहरुमा हरेराम दुलाल, श्याम प्रसाद दुलाल, तारानाथ दुलाल, रबिन्द्र दुलाल, सुर्य प्रसाद दुलाल, विकास दुलाल, विष्णु दुलाल, गणेश दुलाल र ऋषिराम दुलाल निर्वाचित भएका छन्।
यस अधिवेशनको उद्घाटन कोशी प्रदेश सभा सदस्य माननीय किशोर चन्द्र दुलालले गर्नुभएको थियो भने कार्यक्रमको संचालन गणेश दुलालले गर्नुभएको थियो। कार्यक्रममा बागमती प्रदेशका विभिन्न जिल्लाबाट सहभागी दुलाल बन्धुहरुको उपस्थिति रहेको थियो।