Fast Nepal News

नेपाल–भारतमैत्री सङ्घले बल्खुका बाढी पीडितका लागि दश लाख रुपैयाँ बराबरको राहत सामग्री हस्तान्तरण

banner single news

नेपाल–भारतमैत्री सङ्घले बल्खुका बाढी पीडितका लागि दश लाख रुपैयाँ बराबरको राहत सामग्री हस्तान्तरण गरेको छ ।

बिहीबार एक कार्यक्रमको आयोजना गरी नेपाल–भारतमैत्री सङ्घले बल्खुका बाढी पीढीहरूका नेपाल चिकित्सक सङ्घमार्फत दश लाख रुपैयाँ बराबरको राहत सामग्री हस्तान्तरण गरेको हो । बाढीले बल्खु क्षेत्रमा धेरै क्षति पुगेको अवस्थामा चिकित्सक सङ्घको आग्रह बमोजिम नेपाल–भारतमैत्री सङ्घले सो राहत सामग्री हस्तान्तरण गरेको अध्यक्ष जानुका कार्की गिरीले बताएकि छन्। राहत सामग्रीमा खाद्यान्न, औषधि, ब्याङ्क्वेट, कम्बलहरू लगायत बहुउपयोगि सामग्रीहरू रहेको उनले बताएकि छन् । उनले वास्तविक पीडितलाई राहत उपलब्ध गराउन पनि आग्रह गरेकि छन् ।

उनले भनिन् – ‘बल्खु क्षेत्रमा धेरै क्षति पुगेको हुँदा चिकित्सक सङ्घको सम्पूर्ण टिमले आग्रह गरे अनुरूप हामीले राहत सामग्रीहरू खाद्यान्न, औषधि, ब्याङ्क्वेट, कम्बलहरू लगायत बहुउपयोगि सामानहरू हस्तान्तरण गरेका छौँ । उहाँहरूले उचित व्यवस्थापन गर्नुहुन्छ भन्ने हामीलाई आशा लागेको छ । अझै गर्नुपर्ने सहयोग हामी गर्दै जान्छौँ । पीडितहरूको हातमा परोस् । अरूको हातमा नपरोस् ।’

Inside Article Ads

कार्यक्रममा बोल्दै नेपाल चिकित्सक सङ्घको अध्यक्ष डा अनिल कार्कीले आफूहरूले बल्खु क्षेत्रमा गएर स्वास्थ्य सेवा सँगसँगै राहत वितरण गर्ने बताएका छन् । उनले बल्खुमा दुई दिन भित्रमा मेडिकल क्याम्पसहित आफूहरू जाने र राहत वितरण गर्ने बताएका छन् ।
उनले भने – ‘यो जुन राहत हस्तान्तरण गर्नुभएको छ, हामीले स्वास्थ्य सेवा सँगसँगै जोडेर वितरण गर्नेछौँ । भोलि या पर्सि बल्खुमा मेडिकल क्याम्पसहित राहत वितरण गर्नेछौँ ।’

उनले विपद्को बेलामा आगामी दिनमा पनि नेपाल–भारतमैत्री सङ्घले यस्तै सहयोग गर्ने विश्वास व्यक्त गरेका छन्।

Visited 19 times, 1 visit(s) today
Above Samachar
यो पनि पढ्नुस

प्रतिक्रिया

Your email address will not be published.