
एनसीसीएस समूहले हालै गएको बाढी, पहिरो र डुबानबाट प्रभावितलाई राहतस्वरुप प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा आर्थिक सहयोग गरेको छ ।
एनसीसीएसले पीडितलाई सहयोगस्वरुप ५ लाख ६ हजार ५५० रूपैयाँ सहयोग गरेको हो ।
अविरल वर्षा कारण हजारौँ नागरिक विस्थापित हुने अवस्था आएपछि एनसीसीएस र यसमा आबद्ध शिक्षक तथा कर्मचारीको तर्फबाट उक्त रकम प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा जम्मा गरिएको हो ।
विगतमा पनि एनसीसीएसले प्राकृतिक विपत्तिका कारण धनजनको क्षति हुनेगरी देश अफ्ठयारो अवस्थामा पुग्दा सहयोग गर्दै आएको छ । देश समस्यामा पर्दा सबैले मिलेर सहयोग गर्नुपर्ने एनसीसीएसको भनाइ छ ।
असोज ११ र १२ गते देशका विभिन्न भू–भागमा परेको अविरल वर्षाका कारण बाढीपहिरो तथा डुबानबाट उत्पन्न विनाशकारी विपद्ले राष्ट्रलाई ठूलो जनधनको क्षति पुर्याएको छ ।
