Fast Nepal News

बढी भाडा लिने, यात्रुहरूलाई टिकट नदिने र क्षमता भन्दा बढी यात्रु चढाउने सवारी साधनलाई कारबाही सुरु

banner single news

बढी भाडा लिने, यात्रुहरूलाई टिकट नदिने र क्षमता भन्दा बढी यात्रु चढाउने सवारी साधनलाई कारबाही सुरु गरिएको छ ।

भिडभाडको मौका छोपी यात्रु ठग्ने र मनपरी तरिकाबाट भाडा असुल्ने सवारी साधनहरुलाई पृथ्वी राजमार्गमा कडाइका साथ राजमार्ग प्रहरीले समेत अनुगमन सुरु गरेको छ । धादिङ काठमाडौँ रुटमा चल्ने एक र काठमाडौँ चितवन रुटमा चल्ने एक सवारी साधनलाइ १० हजार र २० हजारका दरले जरिवाना गरिएको छ ।

धादिङबाट काठमाडौँ जान लागेको ग्रामीण यातायात धाङरको बा ५ ख ५७ नम्बरको मिनिवसलाई यात्रुहरूलाई टिकट नदिएको र भाडा दर गाडीमा नटासेको कसुरमा उपभोक्ता संरक्षण ऐनबमोजिम १० हजार रुपैयाँ जरिवाना गरिएको सहायक प्रमुख जिल्ला अधिकारी एवं बजार अनुगमनका संयोजक युवराज अर्यालले जानकारी दिएका छन्।

Inside Article Ads

त्यस्तै काठमाडौँबाट चितवनतर्फ जाँदै गरेको ग १ ख ५५९२ नम्बर को बसलाई तोकिएको भाडा दर भन्दा बढी भाडा असुल गरेको र सिट क्षमता भन्दा बढी यात्रु चढाएकाले २० हजार जरिवाना गरिएको हो ।

चाडपर्वको समयमा सवारीसाधनहरूले यात्रुहरूबाट चर्को शुल्क असुल्ने गरेको जनगुनासोलाई सम्बोधन गर्न छड्के चेकजाँच गरिएको र यो चेकजाँचलाई निरन्तर रूपमा सञ्चालन गरिने जिल्ला प्रशासन कार्यालय धादिङले जानकारी दिएको छ । बढी भाडा लिएमा तत्काल प्रहरी र प्रशासनमा खबर गर्न पनि यात्रुहरूलाई अनुरोध गरेको छ ।

Visited 32 times, 1 visit(s) today
Above Samachar
यो पनि पढ्नुस

प्रतिक्रिया

Your email address will not be published.