Fast Nepal News

संयुक्त राष्ट्रसङ्घको ७९औं महासभामा परराष्ट्रमन्त्री डा आरजु राणा देउवा न्यूयोर्कमा

banner single news

संयुक्त राष्ट्रसङ्घको ७९औं महासभामा भाग लिन परराष्ट्रमन्त्री डा आरजु राणा देउवा शनिबार न्यूयोर्क आइपुगेकि छन्।

स्थानीय समयअनुसार मध्याह्न क्यानाडाबाट उनी न्युयोर्क आइपुगेकि हुन् ।

मन्त्री राणालाई संयुक्त राष्ट्रसङ्घका लागि नेपालका स्थायी नियोग प्रमुख लोकबहादुर थापा, अमेरिकाका लागि नेपालका कार्यवाहक राजदूत कुमारराज खरेल, नियोगका कर्मचारी तथा स्थानीय सङ्घसंस्थाका प्रतिनिधिहरूले विमानस्थलमा स्वागत गरेका थिए । क्यानाडाको टोरन्टोमा आयोजित महिला विदेशमन्त्रीहरूको बैठकमा सहभागी भएर उनी न्युयोर्क आएकि हुन्।

Inside Article Ads

मन्त्री राणाले प्रधानमन्त्री केपी शर्मा ओलीले नेतृत्व गर्नुहुने राष्ट्रसङ्घका विभिन्न फोरममा सहभागिता जननउनेछन् । उनले मन्त्रीस्तरीय बैठकहरूमा सहभागिता जनाउने तथा विभिन्न कार्यक्रमलाई सम्बोधन गर्ने कार्यतालिका रहेको न्युयोर्कस्थित नेपाली नियोगले जानकारी दिएको छ ।

Visited 50 times, 1 visit(s) today
Above Samachar
यो पनि पढ्नुस

प्रतिक्रिया

Your email address will not be published.