Fast Nepal News

एभरग्रीन वल्र्डवाइड इन्टरटेन्मेन्ट १२ औँ वर्ष प्रवेशको अवसरमा राष्ट्रिय व्यक्तित्व सम्मान

banner single news

 

एभरग्रीन वल्डवाईड इन्टरटेन्मेन्टले संस्थाको १२ औं वार्षिकोत्सवको अवसरमा विभिन्न क्षेत्रमा योगदान पुर्याएका व्यक्तित्वहरुलाई सम्मान गरेको छ।

Inside Article Ads

एभरग्रीन वल्र्डवाइड इन्टरटेन्मेन्टले १२ औँ वर्ष प्रवेशको गौरवमय अवसरमा २०८१ भाद्र ३१ गते सोमबार चलचित्र विकास बोर्डमा आयोजना गरेको कार्यक्रममा चलचित्र, स्वास्थ्य, व्यवसाय, प्रिन्टिङ्ग प्रेस, पर्यटन, पत्रकारिता, गीत संगीत साथै विभिन्न क्षेत्रमा आफ्नो पहिचान बनाउनुभएका चार दर्जन भन्दा धेरै व्यक्तित्वहरुलाई दशक सम्मान, विशेष सम्मान र प्रोत्साहन सम्मानद्वारा सम्मानित गरिएको थियो ।
आयोजक संस्थाका अध्यक्ष लोकप्रिय हाँस्यकलाकार गोपाल ढकाल (छन्दे) ले संचालन गर्नुभएको उक्त कार्यक्रममा प्रमुख अतिथि विशिष्ट अभिनेता शिव श्रेष्ठ, विशिष्ट अतिथि चलचित्र विकास बोर्डका नवनियुक्त अध्यक्ष दिनेश डि.सि, विशेष अतिथिहरुमा कलाकार तथा निर्देशक रमेश बुढाथोकी, नृत्य निर्देशक राजु शाह र अभिनेता, निर्देशक नवल खड्का रहनुभएको थियो ।
विभिन्न विधाका व्यक्तिहरुलाई सम्मान साथै नेपाली कला, मौलिक संस्किृतिको जगेर्ना गर्ने उद्देश्यले आयोजना भएको उक्त कार्यक्रममा चर्चित कलाकार तथा निर्देशक दिपाश्री निरौलालाई मायाको चिनो प्रदान गरिएको थियो भने सम्मानित हुनेहरुमा बिरेन्द्र हमाल कलाकार, अभिनय प्रशिक्षक, राजाराम पौड्याल विशिष्ट हास्यकलाकार, शिवहरि नेपाल (बैरागी) बरिष्ठ हास्यकलाकार, रामचन्द्र अधिकारी विशिष्ट चलचित्रकर्मी, उत्तम के.सी. नेपाल बिशिष्ट चलचित्रकर्मी, शिव ढकाल बरिष्ठ छायाँकार, नारायण प्रधान बिशिष्ट चलचित्रकर्मी, लक्ष्मण बिक्रम बस्नेत बिशिष्ट चलचित्रकर्मी, डाक्टर सुभाष घिमिरे वरिष्ठ दन्त चिकित्सक तथा समाजसेवी, पुकार भट्टराई बरिष्ठ कलाकार तथा निर्देशक, रवि डंगोल बरिष्ठ हास्यकलाकार, निर्मल राज पौडेल कलाकार, एड गुरु, विशिष्ट प्यारोडि गायक, पवन के.सी (सुबेदी) बरिष्ठ कलाकार, मन्जु श्रेष्ठ बरिष्ठ कलाकार, प्रा.डा रामनन्दन प्रसाद चौधरी बरिष्ठ बाल शल्य, बाल युरोलोजी शल्य चिकित्सक, पुष्पराज बाना नेपाली प्रिन्टिङ क्षेत्रका सिद्धहस्त व्यक्ति, कबीन्द्र प्रसाद श्रेष्ठ चर्चित गायक, तेज बहादुर कटुवाल शिक्षाकर्मी, सविन श्रेष्ठ चर्चित अभिनेता, सुरज गराच(यसराज) कलाकार, मोडल तथा फेशन कोरियोग्राफर, दिक्पाल कार्की कलाकार, मोडल तथा फेशन कोरियोग्राफर, विनोद ढकाल चर्चित गायक तथा संगीतकार, राजन थापा बरिष्ठ समाजसेवी, संचारकर्मी, नन्दलाल खरेल वरिष्ठ पत्रकार, सम्पादक, देवी पाण्डे कलाकार तथा पर्यटन व्यवसायी छिरिंग छोम्बेल शेर्पा कलाकार, गम्भिर बिष्ट कोरियोग्राफर, विष्णु सुवेदी बरिष्ठ पत्रकार, अशोक धिताल कलाकार तथा संचारकर्मी, सपन श्रेष्ठ गायक, डिलबहादुर तामाङ(डि.बि दोङ) निर्देशक,कलाकार, नारायण थापा गायक, प्रेमबहादुर कार्की अध्यक्ष हाईजेनिक वल्र्ड अर्गनाईजेशन, दिपक तामाङ कोरियोग्राफर, साबित्रा चिलुवाल गीतकार, कलाकार तथा निर्मात्री, आशा भुषाल कलाकार तथा मोडल, दिप कुलुङ्ग कलाकार तथा गीतकार, प्रेम बहादुर तामाङ गीतकार, युवा व्यवसायी, राजेश महर्जन युवा व्यवसायी तथा समाजसेवी, गोकुल सुवेदी कलाकार, शुशिला उप्रेती(बजु) कलाकार तथा संचारकर्मी, सुगत कारंजित कलाकार, सुरेश तिमल्सिना हाँस्यकलाकार, राजु कार्की कलाकार तथा व्यवसायी केदार खड्का व्यवसायी, सलिना कटुवाल नवकलाकार तथा समाजसेवी, दिप्सन चिलुवाल बाल कलाकार, रमेश कुमार बस्नेत गीतकार, दाउथ राई गायक, मेलिना राई व्यवसायी रहेका छन् ।
नौमती बाजा समुह बालाजुले कार्यक्रम अवधिभर रौनकता थपेको थियो भने उक्त कार्यक्रमलाई लाइफ ओके टेलिभिजनले प्रत्यक्ष प्रशारण गरेको थियो । नायक गजित बिष्ट, मोडल प्रतिक्षा काफ्ले साथै डान्स फिभर टिम, श्रमिक कला एकेडेमी, गायक कृष्ण भट्टराई, संस्थाका उपाध्यक्ष होमराज पौडेलको प्रस्तुति रहेको उक्त कार्यक्रममा कार्यक्रम आयोजक टिममा सल्लाहकार रामेश्वर जंग के.सी, सुनिल कटुवाल, उद्धवप्रसाद भट्टराई, संयोजक भानुभक्त ढकाल, व्यवस्थापक रामेश्वर बुर्लाकोटी सहजकर्ता नम्रता खरेल, सिकृता वस्ती(ढकाल), हर्क मान वाइबा(रिदम), स्विकृती वस्ती रहनुभएको थियो भने विभिन्न सहयोगी संधसंस्था व्यक्तिहरुलाई कदरपत्र, मायाको चिनो प्रदान गरिएको थियो ।
बिशेष सहयोगी दिन्सन शाह, तेजुला खतिवडा, गोपाल कृष्ण श्रेष्ठ लगायतलाई कदर पत्र प्रदान गरिएको थियो । छोटो मिठो तरिकाले भब्य रुपमा सम्पन्न भएको उक्त कार्यक्रमलाई सबैको साथ, सहयोग रहेको साथै प्रशंशायोग्य भएको प्रतिक्रिया पाएको र आगामी दिनहरुमा अझै भव्य कार्यक्रम आयोजना गर्ने कुरा आयोजक संस्थाका अध्यक्ष लोकप्रिय हाँस्यकलाकार गोपाल ढकाल(छन्दे)ले बताए ।

Visited 51 times, 1 visit(s) today
Above Samachar
यो पनि पढ्नुस

प्रतिक्रिया

Your email address will not be published.