Fast Nepal News

प्रादेशिक अस्पताल गौरमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको छापा

banner single news

प्रादेशिक अस्पताल गौरमा सोमबार अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले छापा मारेको छ।

सो सोअस्पतालले खरिद गरेका औषधि तथा उपकरणहरूको परीक्षण गर्न मुचुल्का तयार पारेर लगेका छन्। अख्तियारको टोलीले अस्पतालमा रहेका सामाग्री तथा औषधिहरू खरिद विवरणसँग मेल खान नसकेपछि अनुसन्धान अघि बढाएको हो। टोली बा एडि ९०६४ नम्बरको गाडीमा आएको थियो ।

जब सञ्चारकर्मीहरूले अख्तियारको टोलीसँग कुराकानी गर्न खोजे, उनीहरूले कुनै पनि जानकारी दिन अस्वीकार गरेका थिए। समाचार श्रोतहरूका अनुसार, अख्तियारको टोलीले आवश्यक परिमाणका औषधि र उपकरण फेला नपरेपछि सोही अनुसार रिपोर्ट तयार गरी फर्किएका छन्। यस क्रममा स्टोर किपर राम अश्रेय मुखियासँग केही बेर सोधपुछ समेत गरेका थिए।

अस्पतालमा व्यापक भ्रष्टाचार र अनियमितताको आरोप स्थानीयस्तरबाट लागिरहेको छ। अस्पताल विकास समितिका अध्यक्ष अनवर हासमी र मेडिकल सुपरिटेन्डेन्ट मुरारी ठाकुरले गोप्य टेन्डरमार्फत औषधि उपकरण खरिद गरि व्यापक आर्थिक अनियमितता गरेका छन् । सो अस्पतालमा टाइल्स र मार्बल जडान,गाडि मर्मत , टिकट काउन्टरको रकम हिनामिना, भवन रङरोगन, इन्धन खर्च, न्यानो झोला खरिद, करार कर्मचारी भर्ना लगायतका प्रक्रियामा अनियमितता भएको आरोप छ।

Inside Article Ads

स्रोतहरूका अनुसार, निजी क्लिनिक र ल्याबसँग साठगाँठ गरी लाखौं रुपैयाँको भ्रष्टाचार भएको छ। यस्ता क्रियाकलापका कारण अस्पतालका चिकित्सकहरू तनावमा काम गर्न बाध्य भएका छन्। उनीहरूलाई अध्यक्ष हासमीले सरुवा गर्ने धम्की दिँदै दबाबमा राख्ने गरेको डा अमित चौधरीले बताए। स्थानीय बासिन्दाहरूले यस विषयमा बारम्बार सम्बन्धित निकायलाई ध्यानाकर्षण गराए पनि ठोस कारबाही नभएको गुनासो गरेका छन्। यश विषयमा अध्यक्ष हासमिसंग कुरा गर्दा अनियमितता नभएको दाबी गरेका छन् ।

यस घटनाले अस्पतालको साखमा ठूलो धक्का दिएको छ, र अबको अनुसन्धानले भ्रष्टाचारमा संलग्न दोषीहरूलाई कारबाही गर्ने अपेक्षा गरिएको छ। टोली कहाँको हो र कति जना सदस्यहरू थिए भन्नेबारे पनि कुनै स्पष्टता दिइएको छैन।

Visited 29 times, 1 visit(s) today
Above Samachar
यो पनि पढ्नुस

प्रतिक्रिया

Your email address will not be published.