Fast Nepal News

प्रधानमन्त्री केपी शर्मा ओलीसँग खानेपानीमन्त्री प्रदीप यादवले चालु आर्थिक वर्षका लागि कार्यसम्पादन सम्झौता

banner single news

खानेपानी क्षेत्रमा महत्त्वपूर्ण कार्यहरूको थालनी गर्न प्रधानमन्त्री केपी शर्मा ओलीसँग खानेपानीमन्त्री प्रदीप यादवले चालु आर्थिक वर्षका लागि कार्यसम्पादन सम्झौता गरेका छन् ।

सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आयोजित कार्यक्रममा प्रधानमन्त्री ओली र मन्त्री यादवले सम्झौतामा हस्ताक्षर गरी सम्झौताको प्रति आदानप्रदान गरेका छन्।

मन्त्री यादवका अनुसार ‘समृद्ध नेपाल, सुखी नेपाली’को राष्ट्रिय आकाङ्क्षालाई साकार पार्न खानेपानी क्षेत्रको सुधार, सेवा प्रवाहमा चुस्तता र ठूला पूर्वाधार परियोजना तोकिएको समयमा सम्पन्न गरिने लक्ष्यसहित यो सम्झौता गरिएको हो ।

Inside Article Ads

कार्यसम्पादन सम्झौतामा प्रमुख कार्यहरूलाई तीन चरणमा विभाजन गरिएको छ । पहिलो एक सय दिन २०८१ कात्तिक ६ सम्म, दोस्रो सय दिन २०८१ माघ १७ सम्म र आर्थिक वर्षको बाँकी अवधि यसअन्तर्गत, हरेक चरणमा निश्चित कार्यहरू सम्पन्न गर्नुपर्ने र हासिल गरिने उपलब्धिको स्पष्ट खाका तयार पारिएको मन्त्री यादवले बताएका छन् ।

मन्त्री यादवले खानेपानी मन्त्रालयका ठूला परियोजनाले जनताको जीवनस्तर सुधार्न महत्त्वपूर्ण योगदान दिने बताएका छन् । सम्झौता राष्ट्रिय लक्ष्य हासिल गर्न सशक्त आधार रहेको बताउँदै मन्त्री यादवले भन्नुभयो, “यो सम्झौता केवल कागजी प्रक्रियामा सीमित नरही जनताको जीवनमा सुधार ल्याउनेगरी कार्यान्वयनमा ल्याइनेछ ।

Visited 12 times, 1 visit(s) today
Above Samachar
यो पनि पढ्नुस

प्रतिक्रिया

Your email address will not be published.