Fast Nepal News

ग्रील तथा स्टिल व्यवसायी ठूलोबाबु महर्जन नेपाल इको प्यानल सल्लाघारी भक्तपुरमा

banner single news

ग्रील तथा स्टिल व्यवसायी महासंघका केन्द्रिय अध्यक्ष ठूलोबाबु महर्जन सोमबार नेपाल इको प्यानल सल्लाघारी भक्तपुर पुगेका छन् । भक्तपुरको सल्लाघारीस्थित नेपाल इको प्यानलको कर्पाेरेट कार्यालयमा पुगेर उनले अवलोकन अवलोकन भ्रमण गरेका हुन् ।

यस क्रममा दुई पक्षवीच व्यापारिक हितका विषयमा छलफल भएको थियो । नेपाल इको प्यानल र ग्रील व्यवसायी एक आपसमा मिलेर व्यापारिक हित गर्ने विषयमा छलफल भएको हो ।

यस क्रममा अध्यक्ष महर्जनले इको प्यानल र ग्रील व्यवसाय एक आपसमा जोडिएको विषय भन्दै सहकार्यमा जोड दिएका थिए । साथै नेपाल इको प्यानल र ग्रील व्यवसायीवीच भावी दिनमा कसरी व्यापारिक हितमा अगाडि वढन सकिन्छ भन्ने विषयमा पनि छलफल गरिएको थियो ।

Inside Article Ads

नेपाल इको प्यानल स्थायी तथा अस्थायी संरचनामा भित्री तथा वाहिरी पार्टेशन वालको रुपमा प्रयोग हुने आधुनिक निर्माण सामाग्री हो ।

 

 

Visited 26 times, 1 visit(s) today
Above Samachar
यो पनि पढ्नुस

प्रतिक्रिया

Your email address will not be published.