Fast Nepal News

पुराना र काम नलाग्ने कपडा संकलन गर्ने संकलन केन्द्र नार्गाजुन नगरपालिकाको प्राङगढमा

banner single news

काठमाण्डौं, नार्गाजुन नगरपलिकाको प्राङगढमा कपडा बैकको शुभारम्भ भएको छ । आफ्नो घर, टोल र समाजलाई सफा राखौं कोही कपडा बिहिन नरहुन् भन्ने मुल मन्त्रलाई आत्मासाथ गदै क्लोथ एण्ड फुड बैंक नेपालले नार्गाजुन नगरपालिकाको सहकार्यमा पुराना र काम नलाग्ने कपडा संकलन गर्ने संकलन केन्द्र नगरपालिकाको प्राङगढमा थपेको छ ।
नेपाली चलचित्रका महानायक राजेश हमाल संरक्षक रहेको यस संस्थाले चाँडनै सातै प्रदेशमा संकलन केन्द्र समेत खोलिने जनाएको छ । देशको अर्थतन्त्र र मानिसको दैनिक जीवनमा आवश्यक पर्ने गाँसबास कपासलाई सहजीकरण गरी परोपकारी कार्य गर्ने उद्देश्यले स्थापित संस्थाले प्रयोगमा नआएका जुनसुकै कपडालाई प्रसोधन गरि आबश्यक निकायलाई निशुल्क बाढ्दै आइरहेको छ । देशका नागरिकहरुले भोग्नु पर्ने गरिबी, अभावका कारण बिभिन्न सामाजिक द्धन्द र आत्महत्याको शिकार समेत भै रहेको अबस्थामा अभावमा रहेका नागरिकको जीवनयापनमा सहजीकारण गरी देशलाई बिकास र निकासको बाटोमा सघाउनु नै एक सच्चा नागरिकको दायित्व रहेको संस्थाका अध्यक्ष कमल जि.सी. ले बताउनु भएको छ । बुटुवलदेखि शुरु भएको यस किसिमको कार्यक्रम काठमाण्डौको नार्गाजुन सम्म आईपुग्दा संस्थाले आगामी केही दिनमा नै काठमाण्डौंका बिभिन्न नगरपालिका सँग सहकार्य गरिने जानकारी दिएका छन् । उच्च प्रबिधि द्वारा रिसाइकल र प्याकेजिङ गरि प्रयोगमा ल्याइने कपडा उच्च स्तरिय हुनुका साथै सुलभ समेत हुने संस्थाका संरक्षक तथा महानायक राजेश हामालले बताउनु भएको छ साथै २०८२ साल देखि फुड बैकको समेत स्थापना गरिने संस्थाको उद्देश्श्य रहेको महानायक राजेश हमालले बताउनुभएको छ । साथसाथै कार्यक्रममा बोल्दै उप प्रमुख शुशिला अधिकारी द्वारा देशैभरि सहयोग हुने किसिमको कार्यक्रमलाई सबैले साथ दिन समेत अनुरोध गर्नुभएको थियो । त्यस्तै नगर प्रमुख मोहन बहादुर बस्नेत द्वारा यस किसिमको प्रयोग नेपालमा मात्र पहिलो नभएको बताउनु भएको थियो साथै यस किसिमको कार्यले दुख पर्दा हामी एक ठाउँ छौ है भन्ने भावना समेत जगाउने स्पष्ट पार्नुभएको थियो ।

Inside Article Ads
Visited 5 times, 1 visit(s) today
Above Samachar
यो पनि पढ्नुस

प्रतिक्रिया

Your email address will not be published.